Comments Add Comment

कट्रिनादेखि अनुष्कासम्मः जसले राम्री बन्न प्लाष्टिक सर्जरीको सहारा लिए

katrina-anushka

मुम्बई । करिअरको दौरानमा करिश्मा कपुर त्यति धेरै विवादमा आईनन् । अजय देबगणसँग अफेयर रहेको हल्ला चले पनि उक्त हल्लाले करिअरमा नराम्रो केही गरेन । १७ वर्षको उमेरमा अभिनयमा प्रवेश गरेकी करिश्मा हेर्दामा राम्री थिईन् ।

आफ्नो सौन्दर्यवाट सन्तुष्ट करिष्माले ‘राजा हिन्दुस्तानी’मा काम गर्ने बेलामा नाकको सर्जरी गराएकी थिईन् । करिश्मा जस्ता यस्ता धेरै नायिका छन्, जसले राम्री बन्ने धाउन्नमा आफ्ना अंगको अप्रेसन गरेर प्लास्टिक जोडे ।

आफ्नै सुन्दरतासँग चित्त नबुझेर प्रबिधिको सहारामा सुन्दरी बनेका केही नायिकाहरुको नालीवेली यस्तो छ-

अनुष्का शर्माः टेलिभिजन कार्यक्रम ‘कफी वीथ करन’ को एक एपीसोडमा अनुष्काको अन्तर्वाता प्रशारण भएपछि उनको ओठको विषयमा ट्वीटरमा निकै धेरै टिका टिप्पणी भयो ।

धेरैले भने अनुष्काले ओठको सर्जरी गराईन् । तर, अनुष्काले मेकअपको कारण आफ्नो ओठको स्वरुप राम्रो भएको दाबी गरिन् । खासमा उनले ओठ बनाउन सर्जरीको सहायता लिएकी थिईन् ।

कंगना रनौतः कंगना रनौतले पनि सर्जरी गरेरै आफ्नो लुक्सलाई ग्ल्यामरस बनाएकी थिईन् । उनले सन् २०११ मा नाक र अनुहारको केही भागको सर्जरी गराएकी थिईन् । उनले पनि सर्जरी गराएको कुरो लुकाउँदै आएकी छिन् ।

काजोलः कतिपयले अहिले पनि काजोललाई ब्ल्याक ब्युटी भन्ने गरेका छन् । सिनेमामा केही गोरी जस्तो देखिए उनी कालो वर्णकी थिईन् । तर, अचेल सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा उनी गोरी देखिन थालेकी छिन् । भारतीय समाचार संस्थाले जनाए अनुसार उनले स्किन लाईटनिङ ट्रीटमेन्ट गरेकी थिईन् ।

कट्रिना कैफः कट्रिना कैफको अहिले पनि लाखौं फ्यान छन् । उनलाई राम्री नायिका भनेर धेरैले भन्छन् । तर, उनलाई आफ्नै ओठदेखि चित्त बुझेको थिएन । जसका कारण उनले लिप सर्जरी गराइन् ।

priyanka

प्रियंका चोपडाः सन् २००० मा मिस वल्डको उपाधी जितेपछि प्रियंका चोपडाले सुन्दरी हुनका लागि सर्जरीको सहयोग लिईन् । विश्व सुन्दरी भए लगत्तै नाकको सर्जरी गराएकी प्रियंकाले स्किन ट्रीटमेन्ट पनि गरेकी थिईन् ।

ऐश्वर्या रायः विश्व सुन्दरी भएदेखिनै चर्चामा आएकी ऐश्वर्याको सुन्दरताको चर्चा अहिले पनि सेलाएको छैन् । तर, संसारले सुन्दरी ठानेकी यिनै ऐश्वर्यालाई पनि आफ्नो रुपसँग चित्त बुझेन् र ताज जितेपछि ओठको सर्जरी गराइन् ।

हेमा मालिनीः डि्रमगर्ल हेमा मालिनी निकै काली थिईन् । वर्ण कालो भएकै कारण उनलाई कतिपय निर्देशकले हिरोईन हुने सम्भावना छैन समेत भने । जबकी उनले अभिनय सुरु गरेपछि बेजोड क्षमता प्रस्तुत गरिन् । तर, अभिनयमा प्रवेश पाउनकै लागि उनले स्किन ट्रिटमेन्ट गरेर आफुलाई गोरी बनाएकी थिईन् ।

शिल्पा शेट्ठीः आफ्नो नाक र ओठको विषयमा निकै चिन्तित थिईन् शिल्पा शेट्ठी । अभिनयमा प्रवेश गरे लगत्तै उनले ओठ र नाकको सर्जरी गराएकी थिईन् । तर, उनले आफुले सर्जरी गराएको कुरो अरु नायिकाले जस्तो लुकाइनन्, निर्धक्कसँग स्वीकारिन् ।

नरगीस फाखरी, श्रीदेबी, रेखा, आयशा टाकिया, कोयना मित्रा, श्रुती हसन ले पनि र राम्री हुन भन्दै प्लाष्टिक सर्जरी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment