Comments Add Comment

जापानको लोकप्रिय तोयोकराज रेष्टुरेन्ट महाराजगञ्ज र भाटभटेनीमा

JFC-Outlet
२० असार, काठमाडौं । जापानको लोकप्रिय तोयोकाराज फ्राई चिकेन रेष्टुरेन्टका दुई आउटलेट एकैसाथ सञ्चालनमा आएका छन् । रेष्टुरेन्टले राजधानीको भाटभटेनी र महाराजगञ्जमा आउलेट विस्तार गरेको हो ।

जनवरी पहिलो साता रेष्टुरेन्टले थापाथलीको ट्रेड टावरमा पहिलो आउटलेट खोलेको थियो । जापानदेखि विश्वका थुप्रै मुलुकमा नाम कमाइसकेको तोयोकाराजका नयाँ आउटेलेट शनिबारदेखि सञ्चालनमा आएका हुन् ।

जापानमा ३० वटा भन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोकाराका थुप्रै मुलुकमा शाखा सञ्चालनमा छन् । जेएफसी नेपालका अध्यक्ष विनय उपाध्यायका अनुसार पछिल्लो समयमा नेपालमा पनि तोयोकराजको लोकपि्रयता र माग बढ्दै गइरहेको छ ।

तोयोकाराजले यही वर्षभित्र नेपालमा २५ वटा शाखा पुर्‍याउने योजना बनाएको छ । चाँडै अर्को शाखा कुपण्डोलमा खुल्न लागेको उपाध्यायले बताए ।

तोयोकाराज जापानले पठाएको मापदण्डअनुसार नै चिकेनका विभिन्न परिकार प्रस्तुत गर्ने बताइएको छ । यो रेष्टुरेन्टमा स्थानीय चिकेन नै प्रयोग हुने भए पनि यसका अन्य मरमसला एवं स्वादहरु भने जापानबाटै आउँछन ।

तोयोकाराजमा सबै शाखाबाट बिक्री हुने चिकेनहरु थापाथलीमै तयार गरेर अन्य आउटलेटमा पठाइने छ । जापानबाट नियमित रुपमा कुकहरु आएर यहाँका रेष्टुरेन्टहरु अनुगमन गर्ने र नेपाली कुकहरुलाई तालिम दिँदै आएका छन् ।

परिकारको मूल्य

तोयोकाराजका परिकारहरु गुणस्तरीय र स्वादिलो मात्र नभई सस्तो पनि भएकाले लोकपि्रय बन्दै गएको हो । रेष्टुरेन्टका परिकारहरु १५० रुपैयाँ बढीमा ४ सय ३० रुपैयाँसम्म (करबाहेक) पर्छ । चिकेनका सबै परिकार मिश्रति विशेष प्याकलाई ८५० रुपियाँ पर्छ । यसमा चिकेनका १५ पिस हुन्छन ।

JFC-Outlet-2

नयाँ आउटलेटहरुले उद्घाटनको अवसरमा ग्राहकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । थापाथली र भोटभटेनीले यसअघि नै होम हेलिभरी सुरु गरिसकेका छन् भने महाराजगञ्जले पनि चाँडै यो सुविधा सुरु गर्ने सञ्चालक अनिता आचार्यले जानकारी दिइन ।

तोयोकाराजमा शाकाहारीका लागि छुट्टै परिकारको समेत व्यवस्था गरिएको छ । चिकेनका परिकारमा स्टिम मःमः फ्राइड मःमः बोनरेल चिकेन, चिकेन फ्राइ राइस, फ्राइ चिकेन, फ्लेजिङ विङ्स लगायत रहेका छन् ।

रेष्टुरेन्टमा अर्डर दिएको करिव पाँच मिनेटमा परिकार तयार हुने भएकाले ग्राहकले धेरै समय पर्खनु नपर्ने आचार्यले बताइन । जेएफसी अन्य रेष्टुरेन्टको तुलनामा सस्तो रहेको सञ्चालकहरुको दाबी छ ।

फुडमान्डूसँग सहकार्य

अनलाइनमार्फत आफुलाई मनपर्ने रेष्टुरेन्टको परिकार अर्डर गरेपछि घरमा नै उपलब्ध गाराउँदै आएको फुडमान्डू डटकमसँग जेएफसीले सहकार्य गरेको छ । ग्राहकले फोन वा अनलाइनमार्फत जेएफसीका परिकार अर्डर गरेपछि घरेमै डेलिभरी गर्ने व्यवस्था मिलाएको महाराजगञ्ज आउटलेटकी सञ्चालक आचार्यले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment