Comments Add Comment

ब्राड पिट ‘अति सेक्सी’ लाग्छ सन्नीलाई

sunny

मुम्बई । अक्षय कुमारसँग काम गर्ने मौका पाएपछि फुरुक्क परेकी अभिनेत्री सन्नी लियोनीले अब हलिउड स्टार ब्राड पिटसित डेटिङ जाने इच्छा व्यक्त गरेकी छन् । पिटलाई उनले संसारकै कामुक पुरुषको संज्ञासमेत दिइन् ।

हालै मुम्बईमा आयोजित एक कार्यक्रममा संवाददाताहरुले मन पर्ने पुरुषको वारेमा प्रश्न गरेका थिए सन्नीसँग । उनले यसमा आफ्नै श्रीमान डेनियलको नाम लिइन् । सबैभन्दा कामुक पुरुषको बारेमा सोधिएको प्रश्नमा भने उनले भसनिन्, ‘ब्राण्डपीट मलाई अति सेक्सी लाग्छ, उनीसित डेट जान पाए गद्गद् हुन्थेँ ।’

थुप्रै बलिउड फिल्ममा खेलिसके पनि भारतका ठूला स्टारहरुले सन्नीलाई अझै अछुतको व्यवहार गर्दै आएका छन् । बलिउडका ए ग्रेडका नायकसँग खेल्ने उनकेा चाहना अक्षयकुमारले पुर्‍याइदिएका छन । ‘जिस्म-२’ देखी कुछ कुछ लोचा है सम्म आएपुगेकी सन्नी कुनै फिल्म हिट र कुनै फ्लप हुनुलाई सामान्य मान्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment