Comments Add Comment

साहरुखको ४३, सलमानको २९ लाख, यस्तो छ बलिउड स्टारको एक महिनाको बिजुली खर्च

srk-salman-amitabh
संभवत धेरै भारतीय नागरिक होलान्, जसले जिन्दगीभर पनि यती रकम कमाउँछु भन्ने सोचेका छैनन् होला । कतिपय नागरिकले जीवनभर मिहिनेत गर्दा पनि यती रकम कमाएका छैनन् होला जती बलिउडका चर्चित कलाकारले एक महिनाको बिजुलीको बिल नै तिर्छन् ।

दिल्लीका मुख्य मन्त्री अरविन्द केजरिवालले विजुलीमा आधा छुटको व्यवस्था गरिसकेका छन् । तर, बलिउड कलाकारको बिजुली खर्च हेर्ने हो भने दिल्लीका मुख्य मन्त्री नै अचम्ममा पर्न सक्छन् ।

बलिउडका धनाढ्य कलाकार, जसले आफ्नो घरमा बिजुलीको उपयोग यसरी गर्छन् कि, जुन सुनेर धेरै जना अचम्ममा पर्न सक्छन् । जसमध्ये केही बलिउड कलाकारको चर्चा यहाा गरिएको छ । जसको एक महिनामा लाखौ रकम विजुली उपयोग गरेवापत्त खर्च हुने गर्दछ ।

१. साहरुख खान : बलिउडका नम्बर १ नायकको सूचीमा रहेका साहरुख खान विश्वकै दोश्रा धनी कलाकार पनि हुन् । जसको सम्पत्ती ३६ अर्व भन्दा माथि छ । जसको बाषिर्क आम्दानी २ सय करोड भन्दा धेरै छ । उनै साहरुखले महिनामा ४३ लाख हारहारीको बिजुलीको बिल तिर्छन् । यो उनको घर मन्नतको मात्र बिल हो । साहरुखको आफ्नै प्रोडक्शन हाउस ‘रेड चिल्ली’ पनि छ ।

२. सलमान खान : बलिउडका अर्का चर्चित नायक सलमान खान आफ्नो घर ग्यालेक्सी अपार्टमेन्ट र उनको च्यारेटीवल संस्था ‘वीइङ ह्यूमन’को अफिसको गरेर करिब २९ लाख बराबरको बिजुलीको बिल तिर्छन् ।

३. आमिर खान : बलिउडका अर्का शक्तिशाली नायक आमिर खान आफ्नो मुम्बइको बान्द्रास्थित घरका लागि ९ लाख र ‘आमिर खान फिल्म’को अफिसका लागि १३ लाखको बिजुलीको बिल तिर्छन् ।

४.अमिताभ बच्चन : बलिउडका अर्का चर्चित नायक अमिताभ बच्चन आफ्नो मुम्बइस्थित जुहु हाउसमा महिनामा २२ लाख बराबरको बिजुलीको बिल तिर्छन् ।

५. सैफ अली खान : बलिउडका धनाढ्य नायक सैफ अली खान आफ्नो दिल्ली र मुम्बइको बंगालामा महिनामा करिब ३० लाख बराबरको बिजुली उपयोग गर्छन् ।

६. दीपिका पादुकोण : बलिउडमा प्रवेश गरेसागै एकाएक चर्चा कमाएकी नायिका दीपिका पादुकोणले महिनामा १३ लाख बराबरको बिजुली उपयोग गर्छिन् भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।

७. कट्रिना कैफ : बलिउडकी चर्चित सुन्दरी कटि्रनाले मुम्बइमा रहेको आफ्नो अपार्टमेन्टमा महिनामा १० लाख बराबरको बिजुलीको बिल तिर्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment