Comments Add Comment

असन्तुष्ट मधेसवादी दलद्वारा कोइराला र ओलीसँग वार्ता अस्वीकार

Mahanta-upendra-rajendra

१२ साउन, काठमाडौं । संविधानको मस्यौदाप्रति असन्तुष्ट मधेस केन्द्रीत चार दलले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँगको वार्ता अस्वीकार गरेका छन् ।

चार दलको सहमति अनुसार प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीले मधेस केन्द्रीत दलका अध्यक्षहरुसँग एकसाथ वार्ता गर्ने तयारी गरेका थिए ।

विहान १० बजे वार्ताको समय तय गरेर असन्तुष्ट दलका अध्यक्षहरुलाई बोलाइएको थियो । एमाले अध्यक्ष केपी ओलीले ट्वीटरमार्फत विहान १० बजे मधेसवादी दलसँग वार्ता गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।

तर, मोर्चाका नेताहरु गएनन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले वार्ताको आहृवान नाटक मात्र भएको बताए । वार्ताको प्रस्ताव अस्वीकार गरेको हो भन्ने प्रश्नमा उनले भने-‘फेरि के का लागि वार्ता गर्ने ? यहि सवालमा सहमति भइसकेको हो । माधव नेपाल र प्रचण्डको उपस्थितिमा वार्ता गरेर सहमति भएको हो ।’

महतोले अन्तरिम संविधानलाई बटम लाइन बनाएर नयाँ संविधान बनाउनु पर्ने भन्दै महतोले वार्ता प्रस्तावलाई आन्दोलन तुहाउने षड्न्त्रको संज्ञा दिए । उनले भने-‘मस्यौदामा आफ्नो असहमति राखिसक्यो केही वार्ता गर्नु छैन । यो धोका हो, बेइमानी होे । हामीले केही नयाँ कुरा गरेका छैनौं । वार्ताको आवश्यकता छैन ।’

मधेस केन्द्रीत दलका केही नेताहरुले हालै मात्र एमाओवादी अध्यक्ष प्रचण्डसँग भने छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment