Comments Add Comment

भुकम्प पीडितलाई एसबिआई बैंकका ७ करोड सहयोग

Sbi-bank१७ साउन, काठमाडौं । भूकम्प पीडितहरुको राहत एवं पुनस्र्थापनका लागि नेपाल एसबिआई बैंक लिमिटेडले नगद ७ करोड ९ लाख ११ हजार रुपैयाँ बराबरको योगदान गरेको छ ।

बैंकका प्रबन्ध संचालक आलोक कुमार शर्मा तथा डेपुटी सिईओ बिजयकुमार त्यागीले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा खिचिएको बैंकर्स चेकमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

प्रधानमन्त्री कोइरालाले चेक ग्रहण गर्दै भुकम्प पीडितहरुको राहत एवं पुनस्र्थापनका लागि बैंकले उल्लेख्य रकम योगदान गरेको भन्दै प्रसंसा गरे ।

कार्यक्रममा बैंकका प्रमुख जोखिम अधिकृत छपि राज पन्त, मुख्य प्रबन्धक विष्णुदेव यादव, कम्पनी सचिव रमेश घिमिरे लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment