Comments Add Comment

बानेश्वरमा ढाल र तलबार देखाउँदै हिन्दुराष्ट्र मागियो (फोटो र भिडियोसहित)

aandolan (7)

१८ साउन, काठमाडौं । हिन्दु राष्ट्र घोषणाको माग गर्दै खुमबहादुर खड्का लगायतको समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।

हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएका विभिन्न समूह तथा संगठनले सोमबार संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन संविधानसभा नजिक नयाँ बानेश्वरमा आएर टुङ्गएिको थियो । प्रदर्शनकारीहरुले हिन्दुको पहिचान झल्काउने ढाल र तलबारको प्रतीक बोकेका थिए ।

हेर्नुस् भिडियो –

बानेश्वरमा प्रदर्शनकारीले निशेधित क्षेत्र तोड्दै तारबार हटाउन खोजेपछि केहीबेर धकेला धकेल भएको थियो ।

प्रदर्शनको अन्तिममा कांग्रेस नेता खुमबहादुर खड्काले नेताहरुलाई दबाव दिन प्रदर्शन गरेको बताए । उनले आफूहरुको माग सुरुवाइ नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनका केही दृश्य-

aandolan (3)

aandolan (18)

aandolan (1)

aandolan (14)

aandolan (15)

aandolan (4)

aandolan (10)

तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment