+

रामोस रियल मड्रिडमै बस्न सहमत

२०७२ साउन  ३२ गते १७:४८ २०७२ साउन ३२ गते १७:४८
रामोस रियल मड्रिडमै बस्न सहमत

Sergio-Ramos

३२ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले किन्ने इच्छा देखाएका सर्जिओ रामोस रियल मड्रिडमै बस्न सहमत भएका छन् ।

रामोससँग पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर भएको स्पेनिस जाइन्ट रियल मड्रिडले बताएको छ । अब उनी सन् २०२० को जुलाई ३० सम्म रियलमै रहनेछन् ।

इकर कासियासले क्लब छोडेपछि प्रशिक्षक राफेल बेनिटेजले रामोसलाई नै कप्तानी दिएका छन् ।

युनाइटेडले २९ वर्षीय डिफेण्डर रामोसलाई २८.६ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो, जुन अस्वीकृत भयो ।

रामोसको नयाँ सम्झौता पछि गोलकिपर डेभिड डि जिया रियल मड्रिडमा तत्काल नजाने सम्भावना बढेको छ ।
युनाइटेडले रामोस युनाइटेड ल्याउने सम्झौतामा मात्र जियालाई बेच्ने बताएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय