+

भूकम्पमा ज्यान गुमाएका जुडो खेलाडी परिवारलाई आर्थिक सहयोग

२०७२ साउन  ३२ गते २०:५८ २०७२ साउन ३२ गते २०:५८
भूकम्पमा ज्यान गुमाएका जुडो खेलाडी परिवारलाई आर्थिक सहयोग

३२ साउन, काठमाडौं । नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३-३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले स्व. अनिशाकी आमा गीता, स्व. नारायणकी आमा मीनकुमारी तथा निलमकी आमा कुमारीलाई जुडो संघको तर्फबाट ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

त्यस्तै भूकम्पकै कारण क्षतिग्रस्त भएको नुवाकोट जुडो डोजोलाई पनि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो । मन्त्री पौडेलले डोजोका स्वयंसेवक प्रशिक्षक एवं ओलम्पिन गंगाबहादुर डंगोललाई १ लाखको चेक प्रदान गरे ।

जुडो संघले अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) र अल जापान जुडो फेडेरेसनबाट प्राप्त सहयोगबाट पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो । आईजेएफबाट भूकम्प पीडित जुडो सम्बद्धका लागि ५० हजार अमेरिकी डलर प्राप्त भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । जापानबाट भूकम्प पीडित जुडो सम्बद्ध र जुडो विकासका लागि एकमुष्ट १० हजार अमेरिकी डलर सहयोग आएको थियो ।

अध्यक्ष वज्राचार्यले पहिलो चरणमा मृतक खेलाडीका परिवार र क्षतिग्रस्त एक डोजोलाई मात्र आर्थिक सहयोग वितरण गरिएको बताउदै अर्को चरणमा आंशिक एवं पूर्ण रुपमा घर भत्केका खेलाडीलगायतलाई आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय