१ भदौ, काठमाडौं । क्रिष्टियन बेन्टेकेका गोलको मदतमा लिभरपुलले इंंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा लिभरपुलले नवप्रवेशी बोर्नमाउथलाई १-० ले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले २६ औं मिनेटमा बेन्टेकेको गोलबाट अग्रता लिएको थियो ।
३२.५ मिलियनले एस्टनभिल्लाबाट लिभरपुल आएका बेन्टेकेले एन्फिल्डमा डेब्यू खेलमै गोल गरे । उनको गोल भने विवादित रहृयो । फिलिप काउटिन्हो अफसाइड रहेको अवस्थामा भएको गोललाई रेफ्रीले मान्यता दिए ।
प्रिमियर लिगको नवप्रवेशी बोर्नमाउथ पहिलो खेलमा एस्टनभिल्लासँग पराजित भएको थियो ।
प्रतिक्रिया 4