+
+
Shares

जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते २०:४४

२ भदौ, चीन । दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ व्यक्ति बनेका छन् ।

नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ व्यक्ति बनेका हुन् ।

वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २६० अर्ब युआन अर्थात ४०.६ अर्ब अमेरिकी डलर भएको हुरान रिसर्च इन्स्टिच्युटले बुधबार जारी एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै हङकङका ८७ वर्षीय व्यापारी लिका सिङ विश्वका दोस्रो धनी चिनियाँ बनेका छन् । उनको सम्पत्ति २०० अर्ब युआन पुगेको बताइएको छ ।

अलिबाबा इन्टरनेट समूहका संस्थापक तथा अध्यक्ष ज्याकमा १६५ अर्ब युआन जम्मा गर्ने विश्वका तेस्रो धनी चिनियाँ व्यक्ति हुने सौभाग्य पाएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?