+
+
Shares

भारतमा बन्यो विश्वकै पहिलो ‘सोलार एयरपोर्ट’

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते ९:००

solar-field-airportकेरला । भारतीय राज्य केरलामा अवस्थित कोची अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सौर्यउर्जाबाट सञ्चालित विश्वकै पहिलो बिमानस्थल बनेको छ ।

४५ एकड जमिनमा फैलिएको करिब ४६ हजार सोलार प्यानल मार्फत यहाँ दैनिक ५० देखि ६० हजार युनिट विद्युत उत्पादन हुन्छ ।

यो बिमानस्थलले सन् २०१३ देखि सौर्यउर्जाको प्रयोग गर्न सुरु गरेको हो । त्यतिबेला बिमानस्थलको एउटा टर्मिनलको छतमा सोलार प्यानल राखिएको थियो । त्यसपछि क्रमशः विस्तार गर्दै अहिले १२ मेघावाट बराबरको ४६ हजार प्यानल जडान भइसकेको छ ।

सौर्य परियोजनाको दिर्घकालिन रुपमा उल्लेखनीय प्रभाव रहने अधिकारीहरुले बताएका छन् । यो सौर्य उर्जा प्रविधिले आगामी २५ बर्षमा ३ लाख टन कार्वनको उत्सर्जन न्यूनिकरण गर्ने अपेक्षा गरिएको बिमानस्थल सञ्चालक कोची अन्तर्राष्ट्रिय बिमानस्थल लिमिटेडले जनाएको छ ।

airport-solar

कोची विमानस्थलले पहिलो सोलार एयरपोर्टको मुकुट भिरिरहँदा विश्वका अन्य शहरहरुले पनि यसलाई पछ्याउने सम्भावना देखिएको छ । विशेषगरी अमेरिकामा सौर्यउर्जाको खपत बढिरहेको छ । उदाहरणका लागि अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय बिमानस्थलमा चारवटा सोलार प्लान्ट छन् जसले एक र्षमा ३१ लाख किलोवाट-घन्टा विद्युत उत्पादन गर्न सक्छ ।

गत बिहीबार युनाइटेड स्टेट्स नेभीले एरिजोना सोलार फार्म खरिद गर्ने सम्झौताको घोषणा गरेको छ, जसबाट क्यालिफोर्नियाका १४ सैन्य शिविरहरुमा उर्जा आपूर्ति हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?