८ भदौ, काठमाडौ । छिटो यात्राका लागि भन्दै मोटो रकम तिरेर पनि थोत्रो ट्याक्सीमा यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । पुरानो बडी, च्यातिएका सिट मात्र होइन, भनेको ठाउँमा नजाने, मिटर बिगारेर मनपरी भाडा असुल्ने र चालकको रुखो ब्यवहार ट्याक्सी चढ्ने यात्रुले भोग्नुपर्छ ।
ट्याक्सी यात्रामा भोग्नुपर्ने यस्ता समस्या भने अब छिट्टै नै हट्ने भएको छ । राजधानीमा १८ सय ५० साधारण र ५ सय डिलक्स र पाँच सुपर डिलक्स ट्याक्सी उपत्यकाको सडकमा थपिने भएको कारोबार दैनिकमा खबर छ ।
सरकारी योजना कार्यान्वयन हुने हो भने अब आफ्नो बजेट र आवश्यकताअनुसार सुविधासम्पन्न ‘डिलक्स ट्याक्सी’मा यात्रा गर्न पाइनेछ ।
साधारण ट्याक्सीका लागि यातायात ब्यवस्था कार्यालय बाग्मतीले २० साउनदेखि २ भदौसम्म नयाँ ट्याक्सी दर्ताको आवेदन माग गरेको थियो । सो अवधिमा १५ हजारभन्दा बढी आवेदन परेको छ । अब निजी कारजत्तिकै स्तरीय गाडी ट्याक्सीका रुपमा समेत सडका आउनेछन् ।
प्रतिक्रिया 4