+
+
Shares

अब मोबाइल एपले भगाइदिनेछ अफिसको तनाव

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते ८:३४

Memo

यदि तपाइँले आफ्नो अफिस वा आफ्ना सहकर्मीप्रतिको आफ्नो भावना तथा गुनासोलाई दबाएर राखिरहनुभएको छ र त्यस्तो गुनासोलाई व्यक्त गर्न नसक्दा तनाव झेलिरहनुभएको छ भने चिन्ता नलिनुस् । एउटा यस्तो मोबाइल एप आएको छ जसले तपाइँको मनमा गुम्सिएको टेन्सनलाई भगाइदिनेछ ।

मेमो नामक उक्त मोबाइल एपले तपाइँका भावनाहरु शेयर गरिदिएर तपाइँको तनावलाई कम गरिदिनेछ ।

यो मोबाइलमा एप तपाइँ निश्चिन्त भएर आफ्ना भावना शेयर गर्न सक्नुहुन्छ । यो मोबाइल एपले कामकाजीहरुलाई आफ्नो मनोभावनाका साथै आफ्ना सहकर्मीहरुको बारेमा बेनामी सन्देश शेयर गर्ने अवसर दिन्छ ।

ओरेकल, सिस्को, एचपी, इबे, डेल्टा एयरलाइन्स लगायतका केही विश्वस्तरका कम्पनीका कर्मचारीहरुले आफ्ना भावना शेयर गर्ने माध्यमको रुपमा यो एपको प्रयोग थालिसकेका छन् ।

यो एपमा एउटा सार्वजनिक सन्देश पाटी रहेको छ, जसलाई प्रयोगकर्ताले हेर्न सक्छन् । यसले आफ्ना प्रयोगकर्ताको सन्देश शेयर गर्ने तथा त्यसमा टिप्पणी गर्ने सुविधा उपलब्ध गराउँछ । साथै यसमा फोटो तथा विभिन्न कागजात सँग सम्बद्ध फाइलहरु पनि शेयर गर्न सकिन्छ ।

मेमो एपका संस्थापक रियान जोनसनका अनुसार उनले यो एपको निर्माण कर्मचारीहरुबीच यस्तो वातावरण निर्माण गर्ने उद्धेश्यका साथ गरेका हुन् जहाँ कर्मचारीहरुले आफ्ना कम्पनीको नीति तथा प्रचलनको बारेमा आफ्नो प्रतिक्रिया स्वतन्त्र रुपमा शेयर गर्न सकून् ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?