+
+
Shares

पुनर्निर्माण प्राधिकरणको कार्यक्षेत्र ३१ जिल्ला

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते ६:४४

Barpak-earthquake-center-of-nepal
९ भदौ, काठमाडौं । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्षेत्र ३१ जिल्ला मात्रै हुने भएको छ ।

प्राधिकरणले अब तिनै जिल्लामा पुनर्निर्माण अगाडि बढाउने छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको पहिलो बैठकले भूकम्प प्रभावित ३१ जिल्ला प्राधिकरणको कार्यक्षेत्र तोक्न सरकारलाई सिफारिस गरेको नयाँ पत्रिकामा खबर छ ।

सिफारिसमा परेका जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, ओखलढुंगा, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, गोरखा र मकवानपुर अति प्रभावित जिल्ला हुन् । त्यस्तै लमजुङ, चितवन, खोटाङ, सोलुखुम्बु, स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, बागलुङ, कास्की र पर्वतलाई भूकम्प प्रभावित जिल्लामा राखिएको छ ।

यसैगरी भोजपुर, धनकुटा, संखुवासभा, म्याग्दी, अर्घाखाँची र नवलपरासीलाई कम प्रभावित जिल्लामा राखिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?