+
+
Shares

वार्तामा आउन असन्तुष्ट दलहरुलाई प्रधानमन्त्रीको आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते ९:१८

Sushil-Koirala-At-Samsad

९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई वार्तामा आउन आहृवान गरेका छन् । तर, उनले संविधान निर्माणको प्रक्रिया भने नरोकिने बताए ।

संविधानसभामा बुधबारबाट सुरु भएको संविधानको विधेयकमाथिको छलफलमा भाग लिँदै कोइरालाले आफ्ना कुरा शालिनताका साथ राख्न सभासदहरुलाई आग्रह गरेका छन् । संविधानको विधेयक परिर्माजन गर्ने समय रहेको भन्दै उनले भने-‘अहिले पनि छलफल गर्न म तयार छु । आफ्ना कुरा राख्नुस् । हुन सक्ने कुराहरु संविधानमा समावेश गरेर जान सकिन्छ ।’

प्रधानमन्त्री कोइरालाले संविधान सम्झौताको दस्तावेज भएको बताए । ‘यो सम्झौताको दस्ताबेज हो भनेर सफल तुल्याउनुपर्छ’ कोइरालाले भने-‘सबैले भनेको सबै कुरा पुरा हुन सक्दैन ।’ संविधान जारी भएपछि पनि परिर्माजन गर्दै अघि बढ्न सकिने उनले बताए ।

कोइरालाले संविधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले रोक्न नहुने बताए । उनले भने-‘सभामुखले जुन सेड्युल बनाउनु भएको छ, त्यस अनुसार नै अघि बढ्नुपर्छ । यो बीचमा छलफलबाट परिमार्जित संविधान समयमै हामीले दिनुपर्छ ।’

कोइरालाले केही ठाउँमा नसोचेका दुर्घटना भएको भन्दै भने-‘दुःखद घटना हो । मुलुकमा अमनचैन कायम गरेर संविधान दिनुपर्छ । जति अशान्ति भडि्कयो, त्यति नै मुलुकलाई असर गर्छ ।’

आन्दोलनमा दमन भएको गुनासो आएको भन्दै प्रधानमन्त्री कोइरालाले भने-‘तोडफोड हुनथाल्छ के गर्ने ? शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?