+
+
Shares

सुगापछि पुलिसले हाल्यो बाख्रालाई जेल

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते ९:५३

Parrot and goat

केहीदिन अघि मात्र भारतको महाराष्ट्र पुलिसले महिलामाथि गालीगलौज गरेको आरोपमा एक सुगालाई पक्राउ गरेर जेलमा हालेको थियो । जनावरमाथि धावा बोल्ने क्रममा पुलिसले बाख्रालाई पक्राउ गरेर हिरासतमा राखेको खबर अहिले भाइरल बनेको छ ।

खबर अनुसार महाराष्ट्रको परभनी जिल्लाका हिदायत खान नाम गरेका किसानले पालेको बाख्रोको विषयमा मालिक आफैले उजुरी गरेपछि प्रहरीले बाख्रोलाई समेत खोजी गरी नियन्त्रणमा लिएको हो । उक्त बाख्रोलाई हालै ३ जना चोर मिलेर चोरी गरेका थिए ।

प्रहरीले बाख्रा चोर्ने मध्येका एक नसीम खानलाई पक्राउ गरेको छ । उनीसँगै फेला परेको बाख्रालाई पनि अहिले पुलिस हिरासतमै राखिएको छ ।goat1

हिरासतभित्र राखिएको बाख्राको तस्वीर इन्टरनेटमा राखिएपछि त्यो भाइरल बन्यो । अन्ततः पुलिस त्यो बाख्रोलाई बाहिर निकाल्न बाध्य भयो ।

पुलिसका अनुसार उक्त बाख्रोलाई अनुसन्धानका क्रममा केवल २२ मिनेटमात्र हिरासतमा राखिएको थियो । अब अदालती आदेश पछि उक्त बाख्रो उसको मालिकलाई हस्तान्तरण गरिनेछ ।

goat3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?