+
+
Shares

कमल थापाको प्रश्न- राजतन्त्रबारे छलफल हुन सक्दैन भन्ने उहाँ को ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १६:१४

Kamal-thapa1

९ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे छलफल नै हुन सक्दैन भन्ने अधिकार मस्यौदा समितिको सभापतिलाई कसले दियो भनेर प्रश्न गरेका छन् ।

संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै थापाले प्रमुख चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेको आरोप लगाए । सिटौलाले राजतन्त्रबारे छलफल हुन सक्दैन भनेको भन्दै थापाले भने-‘ ‘संविधानसभाले के छलफल गर्न सक्छ र के सक्दैन भनेर निर्णय सुनाउने अधिकारी उहाँ को ? राजतन्त्रबारे छलफल हुन सक्दैन भन्ने अधिकार उहाँलाई कसले दियो ?’

राप्रपा नेपालका अध्यक्ष थापाले राणाकालीन फर्मान सुनाउने रहरबाट मुक्त हुन मस्यौदा समितिका सभापति सिटौलालाई आग्रह गरे ।

संविधानको विधेयक प्रस्तुत गर्न गर्दा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले राजतन्त्रबारे छलफल हुन नसक्ने बताएका थिए ।

राप्रपा नेपालका अध्यक्ष थापाले राजसंस्थालाई एम्बुसमा पारेर पाखा लगाउने काम गरिएको बताए । दरबार र आन्दोलनकारीबीच सम्झौता भएर दोस्रो जनआन्दोलन टुंगिएको दावी र्दै थापाले संविधानसभाबाट राजतन्त्र हटाउने घोषणा नै अवैध भएको बताए । कांग्रेस महामन्त्री तथा मस्यौदा समितिका सभापनि कृष्ण सिटौलालाई लक्षित गर्दै उनले भने, ‘पहिलो संविधानसभा हारेका व्यक्ति संविधासभामै प्रवेश गर्न नपाउनुपर्ने तर, उहाँले नै गणतन्त्रको प्रस्ताव टेबुल गर्नुभयो । यो कसरी वैधानिक हुन्छ ?’

प्रमुख तीन दलका नेताहरुले संविधान निर्माण असफल पार्ने षड्यन्त्र भइरहेको भनेकोतर्फ संकेत गर्दै थापाले बाधक को हो प्रष्ट पार्न आग्रह गरे । उनले भने, त्यसको तागत कति ताजत छ ? देशभित्रको हो कि बाहिरको हो ? जनतालाई भ्रममा नपार्नुस् ।’

राप्रपा नेपालका अध्यक्ष थापाले थापाले ठूला दलका ठूला नेताले संविधानसभालाई राणाकालीन भारदरी सभा बनाउन खोजेको आरोप लगाए । उनले भने-‘संविधानसभालाई तपाईंहरु चार जनाले गरेको निर्णयमा ताली बजाउने भूमिकामा सिमित गरिदिनुभएको छ । सभासदले बोलेको कुराको यहाँ कुनै मूल्य छैन ।’

संविधानको मस्यौदालाई सम्झौताको दस्तावेज भनिए पनि खासमा यो केहि सिमित नेताको स्वार्थ र महत्वाकांक्षा भागबण्डाको दस्तावेज बनेको उनको आरोप थियो । ‘सिंहदरबारको दुईतल्ला माथिको कौशीबाट श्री ३ महाराजले आफ्ना फर्मानहरु सुनाउँथे र त्यसलाई भारदारीसभा भनिन्थ्यो । आज तपाईंहरुले संविधानसभालाई राणाकालीन भारदारीसभामा परिणत गरिदिनुभयो’ थापाले भने ।

थापाको भनाईमा थापाको नियमापत्ति

थापाले संविधानसभालाई भारदारी सभा भनेको भन्दै नेकपा एमालेका सभासद कर्णबहादुर थापाले नियमापत्ति जनाए ।

‘संविधान सभामा बोल्दा अमर्यादित र गालीगलौजका शब्द बोल्न पाइँदैन । कमल थापाले संविधानसभालाई राणाकालीन भारदारी सभा भनेर गम्भीर आरोप लगाउनुभएको छ । उहाँको भनाईलाई रेकर्ड रेकर्डबाट मेटाइनुपर्छ,’ थापाले माग गरे ।

थापाको नियमापत्तिपछि सभाध्यक्ष सुवास नेम्वाङले त्यसलाई ध्यानमा राखेर आफ्नो भनाइ राख्न आग्रह गरे ।

त्यस क्रममा कमल थापाले एमाले सभासद थापाको आरोपको प्रतिवाद गर्दै भने, ‘मैले संविधानसभालाई भारदारी सभा भनेको होइन, भारदारी सभामा परिणत गर्न खोजियो भनेको हुँ । फेरि पनि भन्छु, संविधानसभालाई भारदारी सभामा परिणत गर्ने धृष्टता नहोस् ।’
थापाले दम्भ कम गर्न आग्रह गरे । उनले भने, कृपया दम्भ कस गर्नुस् । दम्भले रोग बढाउँछ ।

थापाले जनमत संकलनको क्रममा जनताबाट धर्मनिरपेक्षता खारेजीको सुझाव आए पनि त्यसलाई ठाडै खारेज गरिएको गुनासो गरे । उनले भने- ‘बहुसंख्यक जनता धर्मनिरपेक्षताको खारेजीको पक्षमा रहेका छन् । आमजनताको भावनालाई संवोधन गर्नुको साटो आमजनतालाई बेवकुफ बनाएर धर्मनिरपेक्षता लाद्ने काम भएको छ ।’

थापाले आफूहरुलाई टेक्ने ठाउँ पनि नदिइएको भन्दै विकल्पका बारेमा सोच्नु पर्ने चेतावनी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?