+
+
Shares

सन्तोष पन्तको घरमा लाइन लाग्थे माग्नेबुढा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते ११:०३

magne budo

काठमाडौं । महाकालीदेवी मावि भट्टेडाँडामा ७ कक्षामा पढ्दै थिए केदार घिमिरे (माग्नेबुढा) । गाउँमा हल्ला फैलियो, ‘पुरानो हेल्थपोष्टमा टिभी ल्याएको छ रे ।’  साथीहरु बटुलेर हेल्थपोष्टतिर कुदे केदार । अहिले टेलिभिजनका चर्चित हास्यकलाकारले पहिलोपटक टेलिभिजन हेरेको त्यहि दिन थियो ।

‘पहिलोपटक टिभी हेर्दा उदेक लाग्यो । एकजना भलाद्मी मान्छेले समाचार फलाकिरहेका रहेछन् । यति सानो भाँडोमा यो मान्छे कसरी पस्यो होला भन्ने कुराले मनमा खुल्दुली मच्चियो ।’ उनी सम्भिmन्छन् ।

त्यही टिभीमा पहिलो पटक हिन्दी फिल्म ‘दोस्ती’ हेरेका । फिल्ममा को कलाकार थिए, के कथा थियो केही बुझेनन् । त्यतिबेला उनका लागि समाचार र फिल्म दुवै उस्तै थिए । टिभी हेर्नै रमाइलो थियो, के आउँछ भन्नेसित सरोकार थिएन ।

कविता भट्याउँदा ताली

सानो छँदा हाँस्य कलाकार बन्ने कुनै लक्ष्य थिएन उनको । बरु कबिता लेख्नमा थियो रुची । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भावुक कबिता लेखेर धेरै पटक पुरस्कार जिते ।

कति सिरियस लेख्नु भनेर एकचोटी हल्का रमाइलो कबिता लेख्ने विचार गरे उनले । ‘नमस्कार’ शीर्षकमा लेखिएको कविताले भरपुर ताली पायो । दर्शकहरुले आफ्नो अनुहारमा हेर्दै ताली पिटेको दृष्यले उनलाई खुबै हौस्यायो । ‘त्यसपछी सोचेँ, मान्छेले भावुक हुन भन्दा हाँस्न मन पराउँदा रहेछन् ।’

magnebuda

सन्तोष पन्तको घर धाउँदा

सन्तोष पन्त निर्देशित ‘हिजो आजको कुरा’ मार्फत पहलोपटक टेलिभिजनमा देखिएका थिए केदार । सो हास्यश्रृखलाको ४३८ औ भागमा एकै छिन देखिएका उनले त्यहाँसम्म पुग्न पनि कम्ति संघर्ष गर्नु परेको थिएन ।

हिजो आजको कुराको सुटिङ हरेक सोमवार हुन्थ्यो । प्राय सुटिङ पन्तकै घरमा हुने भएकाले कलाकार बन्न चाहनेहरु उनकै घरमा पुग्नुपथ्र्यो । धापासीको डाँडामा रहेको पन्तको घर पत्ता लगाउन धेरैलाई महाभारत हुन्थ्यो ।

‘बल्ल तल्ल सोध्दै खोज्दै घर पत्ता लगाएँ । घरमै आइपुगेपछि कसो रोल नपाइएला भन्ने सोचेका थिए । यसो हेरेको त बुढादेखि तन्नेरी सम्म लाइन लागेर बसेका । ५०/६० जना मान्छे थिए । एक हप्तामा चार जनालाई छानेर अरुलाई फिर्ता पठाउने चलन रैछ ।’ उनले सम्झे ।

सिरियलमा खेल्न नपाए पनि सन्तोष पन्तको घर चिनेकोमा खुसी थिए केदार । त्यसपछि हरेक हप्ता धापासी हाईटमा धाउन थाले । पाँच हप्तासम्म पनि उनको पालो आएन । उभिँदा, तन्किदा, हात उठाउँदा जसो गर्दा पनि निर्देशकको आँखामा परेनन् । छैटौ हप्तामा निर्देशक पन्तले सोधे ‘अहिलेसम्म नखेलेको कोही छ ?’

‘अब चाहीँ पालो आएछ भनेर हात उठाएको त खेल्न बाँकी भएकाहरु नै २५ जना जति रहेछन् । तर म चार भित्र परें,’ उनले सुनाए ।

ब्वाइफ्रेण्डले मैयाको सिफारिस गरे

ताराचन्द्र बजगाईसँग केदार घिमिरेको राम्रो दोस्ती थियो । बजगाईको सुनिता ‘मैया’ सँग लभ थियो । सुनिताले कलाकारितामा रुची राख्छिन् भन्ने बुझेका केदारलाई एकदिन बजगाईले भने ‘सुनितालाई पनि खेलाउन पर्‍यो ।’

साथीले आफ्नो गर्लफ्रेण्डलाई अभिनय गराउन आग्रह गरेपछि नाई भन्न सकेनन् । अहिले केदार सम्झन्छन् ‘उहाँले वास्तवमै सही समयमा सिफारिस गर्नु भएको रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?