९ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगका फोन वार्ताबारे प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभालाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् ।
संविधानसभा बैठकमा बोल्दै विजुक्छले संविधान सभालाई सम्बोधन गर्दा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँगको सम्वादबारे जानकारी नदिएको बताए ।
कैलाली घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका थिए । ‘के कुरा भएको हो,सार्वभौम जनताले जान्ने अधिकार राख्छन्’ उनले भने ।
नमकिपा अध्यक्ष विजुक्छेले कैलाली घटनामा हतियार नदिई प्रहरीलाई भीडमा पठाउनेलाई कारबाही गर्न माग गरेका छन् । ‘प्रहरीलाई हतियार बिना कसले पठायो ? आन्दोलनकारीसँग हतियार छ भन्ने जान्दा जान्दै किन उनीहरुलाई निशस्त्र बनाइयो ? यसमा गम्भिर राजनीतिक षडयन्त्र हुन सक्छ’ बिजुक्छेले भने ।
साथै उनले ५० लाखको घोषणा गरेर जनतालाई भड्काउनेहरुलाई काबरही गर्न समेत सरकारसँग माग गरेका छन् ।
उनले मन्त्री र सभासदले आफ्नो जिल्ला र निर्वाचन क्षेत्र मात्र हेर्न हो भने मन्त्री र सभासद होइन, जिल्ला विकास समितिको सभापति बन्न नेताहरुलाई आग्रह गरे ।
प्रतिक्रिया 4