+
+
Shares

वैद्यले मागे गृहमन्त्री गौतमको राजिनामा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १३:१५

Mohan Baidhya

९ भदौ, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले गृहमन्त्री बामदेव गौतमको राजिनामा माग गरेका छन् । बुधवार माओवादी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी वैद्यले गृहमन्त्री गौतमको राजिनामा मागेका हुन् । नैतिकताको आधारमा गृहमन्त्री गौतमले तत्काल राजिनामा दिनुपर्ने उनको माग छ ।

कैलालीको टीकापुर घटनापछि बसेको माओवादी स्थायी समितिको निर्णय सार्वजनिक गर्दै वैद्यले गृहमन्त्री बामदेव गौतमले उचित ब्यवस्थापन मिलाउन नसक्दा टीकापुर घटना भएको बताए । उनले २० औं हजार प्रदर्शनकारी भएको ठाउँ ४० जना प्रहरी पठाउनु मन्त्री गौतमको कमजोरी औंल्याए ।

‘आन्दोलनमा कोही कसैको बसमा हुँदैन’, उनले भने, ‘यति ठूलो आन्दोलनमा गृहमन्त्रीले सुरक्षा ब्यवस्थापन मिलाउन सक्नु पर्दथ्यो ।’ उनले कैलाली घटनामा गृहमन्त्री मात्र नभई चार दलका नेता पनि दोषी रहेको उल्लेख गरे । ‘गृहमन्त्री मात्र होइन, चार दलका टाउके पनि यसका दोषी छन्,’ वैद्यले भने, ‘जनताको राजनीतिक मागलाई दमन गर्न पाइँदैन ।’

चार दलका नेता तानाशाही 

वैद्यले चार दलका नेता नै तानाशाही भएको आरोप लगाए । ‘हिजो राजा महाराजाहरु तानाशाही थिए’, वैद्यले भने, ‘आज दलका नेताहरु नै तानाशाही बन्दै गइरहेका छन् । वैद्यले वार्ताबाट निकास निकाल्न आग्रह गरेका छन् ।

वार्तामा बस्न तयार
‘तीन दल मात्र होइन, सबैसँग वार्ता गर्नुपर्छ, वैद्यले भने, ‘हामी वार्ताका विरोधी होइन, हामी वार्तामा बस्न तयार छौं । प्रधानमन्त्रीले वार्ताका लागि अन्य पक्षलाई बोलाए पनि आफूहरुलाई नबोलाएको वैद्यले बताए ।

न्यायोचित आन्दोलनमा समर्थन

वैद्यले देशभर चलिरहेको सवै खालको आन्दोलनमा पार्टीको समर्थन रहेको बताए । ‘खण्ड र अखण्डको कुरा छाड्नुस्’ वैद्यले भने, ‘देशभर भएका न्यायपूर्ण आन्दोलनमा हाम्रो समर्थन रहन्छ ।’

सेना परिचालनको विरोध

नेकपा-माओवादीले कैलाली घटनापछि विभिन्न ठाउँमा सेना परिचालन गरिएकोमा विरोध जनाएको छ । जनताको राजनीतिक मागलाई सेना परिचालन गरेर दमन गर्न नपाइने वैद्यको भनाई थियो ।

आन्दोलनरत पक्षसँग संवाद थाल्ने

नेकपा-माओवादीले देशमा उत्पन्न पछिल्लो संकटका विषयमा विभिन्न राजनीतिक दल तथा आन्दोलनरत पक्षसँग संवादको थालनी गर्ने जनाएको छ ।

संविधानसभा-२ पूर्ण रुपमा असफल भइसकेको जिकिर गर्दै वैद्यले नयाँ प्रक्रियाको थालनी गर्न पनि माओवादीले अपिल गरेको छ । माओवादी स्थायी समिति वैठकले कैलाली, बर्दिया, बाँके, दाङ, रौतहट, सर्लाही लगायतका जिल्लामा गरिएको सेना परिचालन बन्द गर्न, साम्प्रदायिक सद्भाव कायम गर्न तथा संवादकेा प्रक्रिया थाल्न अनुरोध गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

यस्तै, माओवादी भदौ ११ गते देशैब्यापी रुपमा विरोध प्रदर्शन गर्ने स्थायी समिति वैठकले निर्णय लिएको महासचिव रामबहादुर थापा बादलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?