+
+
Shares

निषेधाज्ञा तोड्दा परासीमा गोली चल्यो, तीन घाइते

९ भदौ, नवलपरासी । आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ । प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १९:२०

रामकुमार श्रेष्ठ

९ भदौ, नवलपरासी । आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ ।

Parisa-Goliप्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर नवलपरासीको सनई -९ का ५० वर्षका बिडारी धोबी गम्भीर घाइते भएका छन् । भैरहवामा उपचाररत धोवीको अवस्था चिन्ताजनक छ ।

त्यस्तै रामग्राम-५ का ४५ वर्षकी मुन्नी कलवार र बडहरा दुवौलियाका २१ बर्षका अनिल ठाकुर घाइते भएका छन् ।

त्यसैगरी प्रदर्शनकारीको ढुङगाले लागेर प्रहरी तर्फका रेमवहादुर राना घाईते भएको छन् । घाइते तीनै जनाको पुथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सोमबहादुर थापाले बताए ।

आन्दोलनकारीलाई प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?