कलेज जीवनको कथालाई गायिका अन्जु पन्तको आवाजमा समावेश ‘आफ्नो मान्छे’ बोलको गीतको भिडियोमा प्रस्तुत गरिएको छ । सुदिप बरालको छायांकनमा, अर्जुन पोख्रेलले सम्पादन गरेको भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका छन् ।
भिडियोमा विमलेश अधिकारी र रचना लामाले मोडलिङ गरेका छन् ।
विमलेश र रचनाले भिडियोमा कलेज लाइफको जीवनलाई जिएका छन् । दिनेश थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई आकर्षक बनाइएको छ । स्वणिर्म इन्टरटेन्मेन्टको प्रस्तुतीमा शुभ मिडिया होमले तयार पारेको भिडियोलाई गीत अनुसार तयार पारेको निर्देशक पौडेलले बताए ।
शुभ मिडियाले नै यो गीतको अडियो बजारमा ल्याएको हो । मोडल रचना लामाले आधा दर्जन भिडियोमा काम गरेपनि सार्वजनिक भएका थिएनन् । रचनाले ‘आफ्नो मान्छे’ बोलको गीतको भिडियो आफ्ना लागि महत्वपूर्ण रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4