९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरलाई टेलिफोन गरी वार्तामा आउन आहृवान गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले बुधबार अपराहृन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेका हुन् । ‘मलाई प्रधानमन्त्रीले फोन गर्नु भएको थियो । वार्तामा आउनु पर्यो भनेर आग्रह गर्नु भो’ प्रधानमन्त्रीको फोन सम्वादबारे जानकारी दिँदै ठाकुरले भने-‘सेना परिचालन गरेर, दमन गरेर वार्ताको वातावरण बन्दैन ।’
ठाकुरले विगतमा भएका सहमति कार्यान्वयन भए वार्तामा बस्ने बताएका छन् । मोर्चाका चार नेता चारतिर रहेको भन्दै उनले वार्ताका लागि प्रधानमन्त्रीले गरेको आग्रह नेताहरुसम्म पुर्याइदिने बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले पनि प्रधानमन्त्री र तमलोपाका अध्यक्ष ठाकुरबीच टेलिफोन सम्बाद भएको अनलाइनखबरलाई बताए ।
ठाकुर दिउँसो जनकपुर पुगेका थिए । त्यसअघि मोर्चाको अर्को घटना सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि जनकपुर पुगेका थिए ।
महतोले अहिले वार्ता गर्न जरुरी नभएको बताए । ‘गिरिजाप्रसाद कोइरालाले सही गरे, एमाले र एमाओवादीको उपस्थितिमा सही भएको त्यो सम्झौता लागू गर’ महतोले भने-‘त्यो सम्झौता अनुसार संविधान बनाऊ ।’
उनले अघि भने-‘ अर्को कुरा अन्तरिम संविधान बटमलाइन हो । त्यसमा भएको संवैधानिक ज्ञारेन्टी गर । यो भएपछि भइहाल्यो, वार्ता गर्न जरुरी छैन ।’
प्रतिक्रिया 4