+
+
Shares

निगममा १४८ पदका लागि ४१ हजारको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १८:२९

९ भदौ, काठमाडौं । मुलुकमा बढ्दो शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनले प्रष्ट पारेको छ ।

एक महिनाअघि निगमले १४८ पदमा खूल्ला गरेको विज्ञापनमा ४१ हजारभन्दा बढिले आवेदन दिएका छन् । यसबाहेक दोब्बर nepal airदस्तुरको सात दिनको अवधिमा दैनिक दुईसयभन्दा बढीले आवेदन भरेको निगमले जनाएको छ ।

कम पढेलेखेका ग्रामीण भेगका लाखौं युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् भने उच्च शिक्षा हासिल गरेका युवापुस्ता सरकारी जागिरको खोजीमा राजधानीलगायतका सहरमा भौतारिरहेका देखिन्छन् ।

विज्ञापन प्रकाशन भएको पहिलो २१ दिनको अवधिमा उक्त पदहरुमा ४१ हजारभन्दा बढिको आवेदन परेको निगमका प्रवक्ता रामहरि शर्माले बताए ।

निगमको इतिहास मै पहिलो पटक यति धेरै संख्यामा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो । सोहीअनुसार धेरै सङ्ख्यामा आवेदन परेपछि परीक्षाका लागि पनि केही समय लाग्ने निगमले जनाएको छ ।

निगमले सामान्य प्रशासनतर्फ अधिकृतस्तर ९तह छ० मा २४, वरिष्ठ सहायक पद ९तह पाँच० मा १८, सहायक ९तह चार० मा ५६ तथा लेखा अधिकृत ९तह छ० २३, वरिष्ठ लेखा सहायक (तह पाँच) ६ र लेखा सहायक (तह चार) मा २१ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

सबैभन्दा बढी प्रशासनको सहायक पद ९चौथो तह०मा १८ हजारले आवेदन दिएका छन् भने त्यसपछि पाँचौं तहको वरिष्ठ सहायकमा नौ हजार ९०० ले आवेदन दिएका छन् । अधिकृत ९तह छ०मा पाँच हजार नौ सयको आवेदन परेको छ ।

उपरोक्त आवेदनलाई व्यवस्थित गरेपछि परीक्षा लिन मङ्सीर महिनासम्मको समय लाग्ने निगमको अनुमान छ । निगममा माग हुने जनशक्तिका लागि यस अघिदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै आएको छ ।

लोकसेवाको मापदण्डअनुरुप सम्पूर्ण परीक्षा निष्पक्ष प्रतिष्पर्धात्मक हुने जानकारी गराउँदै प्रवक्ता शर्माले अन्य बाह्य हल्लाका पछाडि नलाग्न परीक्षार्थीलाई सुझाव दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?