९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभासद अमरेशकुमार सिंहलाई २४ घन्टे स्पटिकरण सोधेको छ ।
अनुशासन समितिको सिफारिसमा केन्द्रीय कार्यालयले २४ घन्टे स्पटिकरण मागिएको कांग्रेस स्रोतले बताएको छ ।
‘कैलालीसहितका स्थानमा सामाजिक सद्भाव भड्काउने तथा उत्तेजित पार्ने खालका अभिव्यक्ति दिनु भएको रहेछ’ पत्रको व्यहोरा उल्लेख गर्दै स्रोतले भन्यो-‘तपाईलाई किन कारबाही नगर्ने भनेर स्पष्टिकरण सोधिएको छ ।’
किन कारबाही नगर्ने भन्दै सिंहलाई २४ घन्टाभित्र चित्तवुझ्दो स्पष्टिकरण दिन भनिएको छ ।
यसअघि प्रदेश नभए देश माग गर्ने बताएपछि संसदीय दलले सिंहसँग स्पष्टिकरण लिएको थियो । सिंहले सातबुँदे जवाफ दिए ।
तर, पछिल्लो पटक मधेस केन्द्रीय दलका नेताहरुसँगै कैलालीको टीकापुरमा भएर स्थानीय थारु समुदायलाई भड्काउने अभिव्यक्ति दिएको भन्दै सिंहको आलोचना भइरहेको छ ।
त्यही टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी मारिएका छन् । यो घटनापछि कांग्रेसमा सिंहलाई कारबाहीका लागि चर्को दबाव परेको छ ।
प्रतिक्रिया 4