कम्युनिष्ट देश उत्तर कोरिया तथा प्रजातान्त्रिक देश दक्षिण कोरियाबीच हालका दिनहरुमा तनाव बढिरहेको छ ।
आणविक शक्ति सम्पन्न देश उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको धम्की दिइसकेको छ । उत्तर कोरियाली शासक किम जोङ अनले आफ्नै सरकारले वरिष्ठ अधिकारीहरुको लगातार हत्या गर्दै आएका छन् र ती सनकी शासकले दक्षिणमाथि आक्रमण नगर्लान् भन्न सकिन्न । आणविक शक्तिमा सम्पन्न भएको र शासक वर्ग निकै धनाढ्य भएपनि उत्तर कोरियामा सर्वसाधारण जनता निकै गरीब छन् र आधारभुत सेवा सुविधाबाट वञ्चित छन् । उत्तर कोरिया विश्वमा सबैभन्दा बढि भ्रष्टाचार हुने देश पनि हो ।
हालै उत्तर कोरियाको राजधानी प्योंगयाङस्थित एक सबवे स्टेसनको फोटो सार्वजनिक भएको छ । त्यहाँ एउटा ठूलो बोर्ड छ र त्यसमा हरेक दिन पत्रिका टाँसिन्छ । अनि उक्त पत्रिकामा लेखिएको हुन्छ ‘तपाइँको युद्धको नजिक हुनुहुन्छ । तपाइँलाई छिमेकी दक्षिण कोरिया तथा अमेरिकी सेनाबाट खतरा छ ।’ हालैको दिनको यो पहिलो अनौठो तथ्य हो उत्तर कोरियाको ।
अर्को रोचक तथ्य के भने सडक जति चौडा भएपनि उत्तर कोरियाका सडकको चौबाटोमा ट्राफिक लाइट संकेत छैनन् । प्रहरीले आफ्नो इशाराले ट्राफिक नियन्त्रण गर्दछन् ।
विश्वको सबैभन्दा ठूलो रंगशाला उत्तर कोरियामै छ जसमा डेढ लाख सिट छन् । यसको नाम रुंग्राडो हो । यो रंगशालाको निर्माण सन् १९८९ को मे एक तारेखमा सम्पन्न भएको थियो ।
उत्तर कोरियामा कुनैपनि अभियोगमा दोषी ठहर गरिएका व्यक्तिले मात्र होइन उसका तिन पुस्ताले त्यसको सजायँ भोग्नुपर्छ ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमा क्षेत्रमा एउटा सहरको निर्माण गरेको छ । त्यसलाई प्रोपोगान्डा सिटी भनिन्छ । उक्त सहरमा उत्तर कोरियाले यस्ता गतिविधिहरु गर्छ जसले भ्रम फैलाउने काम गर्छ ।
उत्तर कोरियाको आफ्नै छुट्टै क्यालेन्डर रहेको छ । वर्षको गणना सर्वोच्च नेता किम सुंग को जन्मदिन १५ अप्रिल १९१२ बाट हुन्छ । अहिले सन् २०१५ हो तर उत्तर कोरियामा भने सम्वत् १०३ मात्र पुगेको छ।
उत्तर कोरियामा हरेक पाँच वर्षमा चुनाव हुन्छ, नेतृत्व छान्नका लागि । तर तानाशाह शासकको विकल्पमा केाहीपनि उमेद्वार खडा हुँदैन र शत प्रतिशत मत उनै तानाशाहलाई जान्छ ।
प्रतिक्रिया 4