१० भदाै, काठमाडाैं । गैर आवासीय नेपालीहरुको प्रवर्द्वनमा निर्माणाधीन २२ मेगावाटको सानिमा माई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वितरणका लागि प्रसारण लार्इनमा परिक्षण सकिएको छ ।
१३२ केभीएको प्रसारण लाईनमा सो अायोजनाबाट उत्पादित विद्युतको सपफल परिक्षण भएकाले निकट भविष्यमै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
इलामको गोदकदेखि झापाको दमकसम्म ३४ किलोमिटर प्रशारण लाइन नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हो । प्रसारण लाइन समयमै नबनेका कारण उत्पादित विद्युत बिक्री गर्न नपाउँदा सानिमाले करोडाैं रकम गुमाउनु परेको थियो ।
एक वर्षअघि नै निर्माण सम्पन्न भएको याे अायाेजनाले प्रसारण लाइनको अभावमा व्यावसायिक उत्पादन गरेको थिएन । केही दिनभित्रै व्यावसायिक उत्पादन गर्ने अायोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4