+
+
Shares

सुनको भाउ ओरालो लाग्दै, २ दिनमा १३ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते १२:२५

Gold१० भदौ, काठमाडौं । स्थानीय बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । निरन्तर उकालो लागिरहेको सुन मंगलबारदेखि पुनः ओरालो लाग्न थालेको हो ।

बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको छ ।

बुधबार सुन तोलाको ५१ हजारमा किनबेचभ एको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ ।

चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?