+
+
Shares

१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि गाउँलेलाई यस्तो पर्यो ताल ( भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते ९:०८

chicks1

चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले ।

सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि पांग्राले चल्ला किच्न त पाएनन् तर चल्ला चोर्नका लागि मानिसहरुबीच होडबाजी मच्चियो ।

भिडियो हेर्नुहोस्

स्थानीय गाउँलेहरु सडकमा पोखिएका चल्ला चोर्नका लागि झुम्मिए । घरका भएभरका भाँडाकुँडा, टोकरी ल्याएर जिउँदा चल्ला भरेर लगे । यतिले मात्र पुगेन कतिपयले त आफैले लगाएको टिसर्टमा समेत ज्यूँदा चल्ला कोचेर लगे ।

हेरौँ चल्ला टिप्न झुम्मिएका गाउँलेका दृश्यहरु

chicks2 chicks3 chicks4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?