+
+
Shares

कमल थापाविरुद्ध रामहरि खनिएपछि सभाध्यक्षको रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते १७:३१

 

११ भदौ,काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सभासदहरुलाई अर्को सभासदले बोलेको विषयमा खण्डन र प्रतिवाद नगर्न निर्देशन दिएका छन् ।

kamal thapa and Ramhari khatiwoda

संविधानसभाको शुक्रबारको बैठकमा कांग्रेस सभासद रामहरि खतिवडाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई लक्षित गर्दै संविधानसभालाई घरबार बनाउन खोज्नेले भारदारी सभा भनेर लान्छित गरेको भन्दै आपत्ति जनाएका थिए ।

थापाले दुई दिनअघि बोल्दा संविधानसभालाई ठूला दलले भारदारी सभा जस्तो बनाएको आरोप लगाएका थिए । त्यसको जवाफ दिँदै कांग्रेस सभासद खतिवडाले भने-‘संविधानसभालाई भारदारी सभा भन्ने पञ्चायतकालीन भूतले घरबारी सभा बनाउन खोजेको कुरा किन बिर्सन्छन् ।’

सभासद खतिवडाले कमल थापालाई लक्षित गर्दै आफू समानुपातिकमा बसेर श्रीमतीलाई चुनाव लडाउने र भाइलाई सभासद मनोनित गर्नेले संविधानसभालाई घरबार बनाउन खोजेको आरोप लगाएका छन् ।

खतिवडाले बोलिसकेपछि अध्यक्ष नेम्वाङले कुनै सभासदले बोलेको विषयमा आपत्ति रहे त्यति बेलै नियम अनुसार आपत्ति जनाउनुपर्ने बताए । ‘कुनै माननीय सदस्यले अर्को माननीय सदस्यको कुरामा आपत्ति भए नियम उल्लेख गरेर तत्कालै नियमापत्ति गर्नुपर्छ, त्यसपछि कसैले पनि व्यक्ति केन्दि्रत कुरा गर्न हुँदैन’ सभाध्यक्ष नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?