+
+
Shares

महेन्द्र यादवले भने-मधेस आन्दोलन सम्बोधन गर्ने नाममा संविधान नरोकौं

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते १०:५१

mahendra-yadav११ भदौ, काठमाडौं । कांग्रेस सभासद महेन्द्र यादवले केही हजार मान्छेको आन्दोलनलाई सम्बोधन गर्ने नाममा संविधान जारी गर्ने प्रक्रिया एक सेकन्ड पनि रोक्न नहुने बताएका छन् ।

संविधानसभाको शुक्रवारको बैठकमा संविधानको परिमार्जित बिधेयकमाथि छलफलमा भाग लिदै सभासद यादवले भने-आन्दोलनमा केही हजार मान्छे छन् तर करोडौं मान्छे संविधान आउछ भनेर घरमा बसेका छन् । हजारका लागि करोडको चाहना रोक्न मिल्दैन ।

संविधानले संघीयता,लोकतन्त्र,समावेशी समानुपातिक प्रतिनिधित्व र गणतन्त्रको ग्यारेन्टी गरिसकेकाले मधेशवादी दलले अब संविधान निर्माण प्रक्रियाको बिरोध गर्नुको अर्थ नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?