+
+
Shares

निजामती कर्मचारीको उमेर हद ६० बनाउन पहल

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते ६:४३

१३ भदौ, काठमाडौं । निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया अघि बढाएको छ । यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव माग गरिसकेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा निजामती कर्मचारी उमेर हद बढाउने सरकारको योजनालाई सार्थक बनाउन र योगदानमा आधारित निवृत्तिभरण कोष बनाउने मुख्य दुई विषयलाई ऐनमा संशोधन गर्न ऐनको पाँचौ संशोधनको तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको गोरखापत्रमा खबर छ ।

नेपालीको औसत आयु बढेका कारण ६० वर्षसम्म सहजै काम गर्न सक्ने र लामो समयसम्म राष्ट्रसेवा गरिसकेका व्यक्तिको योग्यता, अनुभव राज्यका लागि उपयोगी हुने कारण दर्शाउँदै सरकारले कर्मचारीको उमेर हद बढाउने गरी ऐन संशोधन विधेयक संसदमा लैजाने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुपनारायण भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?