Comments Add Comment

संस्था र कर्मचारीका लागि प्रभुले ल्यायो इम्प्लोइ बैंकिङ योजना

१६ भदौ, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत ग्राहक तथा त्यस्ता संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभू इम्प्लोइ बैंकिङ सम्बन्धी याोजना सञ्चालनमा ल्याएको छ । विभिन्न किसिमका र्फम, कम्पनी, संस्थान, कल कारखाना, स्कुल कलेज, सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुको तलब ब्यवस्थापन बैंकिङ्ग प्रणाली अन्तर्गत व्यवस्थित गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।

Prabhu-employee-bankingकम्तीमा पाँच वा सोभन्दा बढी कर्मचारी भएका कुनैपनि संस्थाका कर्मचारीहरुले प्रभु बैंकको जुनसुकै शाखामा खाता खोल्न सक्नेछन् । त्यसरी खोलिएको कर्मचारीको खातामा सम्बन्धित संस्थाले उपलब्ध गराएको विवरणको आधारमा बैंकले तलब जम्मा गरिदिने व्यवस्था मिलाएको छ ।

यो योजना अन्तर्गत संस्थाको प्रकृति अनुसार उक्त संस्थामा कार्यरत कर्मचारीहरुलाई बैंकबाट शुन्य मौज्दातमा खाता खोली निःशुल्क रुपमा डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

त्यसैगरी, मोवाइल बैकिङ्ग, लकर, ड्राˆट, लगायतका सेवाहरुमा समेत भारी छुटको व्यवस्था गरिएको छ । यस योजनामा सहभागी कर्मचारीहरुले बैंकमार्फत् जीवन बीमा गराउन चाहेमा बीमा बापतको पि्रमियममासमेत छुट पाउने छन् । त्यस्तै, घर तथा सवारी साधन जस्ता कुनैपनि उपभोग्य कर्जा लिन चाहेमा बैंकले विशेष प्रथमिकता दिइ सहुलियत दरमा उपलव्ध गराउनेछ ।

यस योजनामा सहभागी हुने जुनसुकै संस्थाहरु मासिक रुपमा आफ्ना कर्मचारीहरुलाई तलब वितरण गरिरहनु पर्ने झण्झटबाट मुक्त हुने र बैंकले उपलब्ध गराएका आकर्षक सुविधाबाट कर्मचारीहरुले लाभ उठाउन सक्ने बैंकको दाबी छ । यस योजनामा देशभरका संघ-संस्था तथा कर्मचारीहरु सहभागी हुनसक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment