Comments Add Comment

राधिकाले जुराइन् रीमा र साेनमकाे जाेडी

rima-and-sonam
पेशाले इन्जिनियर र हाल अष्ट्रेलियामा वेभ डिजाइनर रहेकी राधिका बिष्टको परिचय अब फेरिदै छ । यसअघि दुईओटा गीत बजारमा ल्याइसकेकी राधिकाले यसपटक सार्वजनिक गरेको ‘साहिली माइली  लाहुरे’को कथा गाँसिएको रमाइलो म्युजिक भिडियोले उनको पहिचान फेरिएको छ ।

साहिली महिली, लाहुरे दाई अनि गोठालो दाई भन्ने बित्तिकै हामीलाई परम्परागत गाँउघरका रमाइला पात्रहरुको याद आऊँछन् । यो गीतमा देखाइएका अति नै सुन्दर  दुई बहिनी साहिली र माहिलीलाई लाहुरे र गोठालेले पछ्याउन थाल्छन् त्यसबाट गीतको शुरुवात हुन्छ ।
गीत ठ्याक्कै लोक दोहोरीको शैलीमा पनि छैन, अनि पूरै आधुनिक पनि छैन । यसलाई एक प्रकारले मनोभाव दोहोरी अर्थात लोक पप भन्दा ठिक हुने गायिक तथा सर्जक राधिका विष्ट बताउछिन् ।

साहिली र माहिली मध्य लाहुरे दाई ले माहिलीलाई मन पराको हुन्छ भने, गोठालो दाइले साहिलीलाई मन पराको हुन्छ ।  कामकाज, मेलापात, पँधेरोमा जाँदा कतै नछुटिने यी साहिली माइलिलाई  पिछा गर्दा कुनै भाउ नदिए पछि, हैरान भएर, लाहुरेले एकदिन गोठालोलाई सँगै लिएर पँधेरोमा पिछा गर्दै जान्छन् ।

लाहुरेले घुमाउरो पाराले तिमिहरुको जीवन अब यहि पँधेरोमा पानी भर्ने पधेर्नी भएर जाने भो भन्छ । साहिली र माहिलीले पनि लाहुरेसँग मस्किदै जवाफ दिन्छन्-‘तिम्रो जीवन पनि यस्तै दोबाटोमा ढल्केरै जाने भो ।’

यो म्युजिक भिडियोमा शव्द, संगीत र स्वर तीनै बिधामा राधिका विष्ट आफैं देखिएकी छन् । नेपाली महिला गायिक शव्द, संगीत र स्वरमा एकैपटक देखिएको कमै पाइन्छ ।

संगीत संयोजन बाबु प्रधान को रहेको यस गीतमा माइलीका भुमिकामा रीमा विश्वकर्मा, साहिलीको भुमिकामा सोनम, लाहुरेको भुमिकामा राजिब छन् भने गोठालोको भुमिकामा हर्क छन् । त्यसैगरि यो भिडियो का निर्देशक मोहन अधिकारी, नृत्य निर्देशक भुवन लामा, छायांकन अमृत लामा ले गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment