Comments Add Comment

जन्मदिनकै दिन निधन भयो संगीतकार श्रीवास्तवको

aade

मुम्बई । क्यान्सरवाट पीडित प्रसिद्ध भारतीय संगीतकार आदेश श्रीवास्तवको शुक्रवार राती मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ ।

शुक्रवारै उनको ४९ औं जन्मदिन थियो भने उनले संगीत गरेको अन्तिम हिन्दी चलचित्र ‘वेलकम ब्याक’ शुक्रवारदेखि रिलिज सुरु भएको छ ।

क्यान्सरवाट पिडित श्रीवास्तव पछिल्लो ४४ दिनदेखि अस्पतालमा भर्ना भएका थिए । तीन दिन अघिदेखि किमोले काम नगरेको भन्दै चिकित्सकले किमो दिन बन्द गरेका थिए ।

सन २०१० मा उनलाइ क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर भएको थाह पाएलगत्तै उनले चुरोट र रक्सि बन्द गरेका थिए । रोग लागेको थाह पाएपछि मेडिकल औषधिका अतिरिक्त योग लगायत प्राकृतिक उपचार पनि सुरु गरेका थिए । पहिलो चरणको उपचार अमेरिकामा गरेका श्रीवास्तवले उपचारकै क्रममा आफ्नो कार समेत बिक्री गरेका थिए ।

उनको जन्म मध्येप्रदेशको जबलपुरमा भएको थियो । एकसय बढी चलचित्रमा उनले संगीत दिएका छन् । प्रसिद्ध संगीतकार जोडी जतिन -ललितकी बहीनी विजेता पण्डितसंग उनले बिबाह गरेका थिए । अहिले उनका दुई सन्तान छन् ।

सन १९९४ मा ‘आओ प्यार करे’ वाट फिल्ममा संगीत दिन थालेका थिए । चलते -चलते, बागवान, वेलकम, राजनिती जस्ता चलचित्रमा उनले संगीत दिएका थिए । उनी प्रसिद्ध टिभी शो सारेगमापमा अतिथीको भुमिकामा पनि थिए । उनले केही गीतमा स्वर समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment