Comments Add Comment

कृष्णनगरमा मधेसी महिलाद्वारा झाडुसहित प्रदर्शन

२२ भदौ, कपिलवस्तु । प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कपिलवस्तुमा महिलाहरुलाई झाडुसहित प्रदर्शनमा उतारेको छ ।

Jhadu-Pradarshan-Kapilbastu

हातमा झाडु लिएा माहिलाहरुले कृष्णनगर बजार परिक्रमा गरेका थिए । उनीहरुले मधेसको माग पूरा गर, सविधान निर्माण प्रक्रिया बन्द गर, हाम्रो हक अधिकार सुनिश्चित गर लगायतका नारा लगाएका थिए ।

बजार परिक्रमा पछि आयोजित कोणसभालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सम्वोधन गरेका थिए । मधेसका माग पूरा नगर्ने सत्ता साझेदार दलका नेताहरुलाई मधेसका जनताले कसिंगर बढारेर फाले जस्तै पाखा लगाउने सांकेतिक सन्देशसहित झाडुसहित प्रदर्शन गरिएको सभासद अभिषेकप्रताप साहले जानकारी दिए ।

कार्यक्रममा साहसहित तमलोपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री इश्वरदयाल मिश्र, सदभावना पार्टीका केन्द्रीय सदस्य रविदत्ता मिश्रा, स्थानीय नेताहरु दिनेश गुप्ता, अजित सिंह, रामप्रकाश चौधरी बड्कु लगायतको सहभागिता थियो ।

– सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment