Comments Add Comment

यस्तो छ त्रिभुवन विमानस्थलको प्रगती !

TIA 2

१० असोज, काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थलको सुविधा विस्तार तथा सौन्दर्यतामा विशेष जोड दिएको छ ।

विदेशी विमानस्थलको दाँजोमा निकै कमजोर रहेको त्रिभुवन विमानस्थल स्तरोन्नती गर्ने काम भइरहेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय ट्रमिनल भवनमा सरसफाई देखि सेवा सुविधाहरु थप्ने काम तिब्र रुपमा भइरहेको निमिक्त महाप्रबन्धक बीरेन्द्र प्रसाद श्रेष्ठले बताए ।

निमिक्त महाप्रबन्धक श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरी त्रिभुवन विमानस्थलको प्रगतिबारे जानकारी गराए । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा राखिएको मार्वल घोँटेर टल्किने बनाइएको छ । त्यस्तै यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै विभिन्न ‘सिग्नल’हरु पनि राखिएको छ ।

विमानस्थलमा विमान तथा यात्रुको चाप हरेक वर्ष वृद्धि भइरहेको छ । विमान तथा यात्रुको बढ्दो चापलाई केन्द्रित गरेर अहिले विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवनसम्म स्तरोन्नती भइरहेको छ ।

विमानस्थलमा ‘सेफ्टी’ ‘सेकुरिटी’ र फेसिलेसनमा बढि केन्दि्रत भएको बताउँदै निमिक्त महाप्रबन्धक श्रेष्ठले सेवा-सुविधा विस्तार तथा सौन्दर्यतालाई पनि उत्तिकै प्राथमिकतामा राखेको बताए ।

पहिलो पटक २४सै घण्टा सेवा

निमिक्ति महाप्रबन्धक श्रेष्ठले पछिल्लो दश महिनामा त्रिभुवन विमानस्थलले तीनवटा ठूला चुनौती सामान गर्नुपरेको बताए । १८औं सार्क शिखर सम्मेलन, ट्रकिस एयर दुर्घटना र भूकम्पजस्ता चुनौती विमानस्थलले सहज रुपमा व्यवस्थापन गरेको उनले बताए ।

यो बेलामा विमानस्थल इतिहासमै पहिलो पटक चौबिसै घण्टा सञ्चालन गर्नुपरेको श्रेष्ठको भनाई थियो । विमानको चाप बढ्दा पनि जिर्ण बनेको धावनमार्गमा जहाजहरु सहज रुपमा उडान अवतरण गराइएको थियो ।

TIA Hotel 2

सार्क सम्मेलनका बेला २५ नोभेम्बरदेखि २८ नोभेम्बरसम्म विमानस्थललाई चौबिसै घण्टा सञ्चालन गरेर सार्क मुलुकका प्रमुख र नियमित उडानका जहाजहरु उडान अवतरण गराएको श्रेष्ठले बताए ।

टर्किस एयर धावनमार्गमा दुर्घटनाग्रस्त हुँदा विमानस्थल ४ दिनसम्म बन्द हुन पुग्यो । यो बेलामा बढेको विमान तथा यात्रुको चापलाई पनि सहजै व्यवस्थापन गर्न विमानस्थल सफल भयो । त्यति बेला पनि मार्च ७ देखि मार्च १२ सम्म विमानस्थल चौबिसै घण्टा सञ्चालन गरी यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउने काम भयो ।

वैशाख १२ गते गएको भूकम्पपछि नियमित उडानका जहाजहरु घटेपनि उद्दारमा आउने चार्टर्ड फ्लाइटहरु अत्याधिक बढे । त्यो बेला २६ अपि्रल देखि ४ मेसम्म विमानस्थल चौबिसै घण्टा सुचारु गरिएको थियो । विमानस्थलका अनुसार मे महिनामा मात्र १० हजार ५ सय फ्लाइट भएका थिए ।

यस्तो छ प्रगति

गत आर्थिक वर्षमा त्रिभुवन विमानस्थलको बजेट ३ अर्ब २० करोड ८१ लाख रुपैयाँ रहेको थियो । सो अवधिमा भौतिक प्रगती ६० प्रतिशत र आर्थिक प्रगती ५४ प्रतिशत भएको श्रेष्ठले बताए ।

भूकम्पले काम गर्न कठिनाई उत्पन्न हुँदा प्रगती अपेक्षा गरेभन्दा कम प्रगति हासिल भएको श्रेष्ठले सुनाए । विमानस्थलले गत आर्थिक वर्षमा ६ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

विमानस्थलमा प्रमुख भएर आएपछि सन् २०१४ देखि २०१५ अगष्टसम्म १० महिनाको अवधिमा भएका प्रगतिका बारेमा श्रेष्ठले पत्रकारलाई जानकारी गराए । उनको पालामा डिपार्चरमा सेकेन्डरी एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय कार्गो एक्सरे मेसिन, आन्तरिक ट्रमिनलमा होल्ड ब्यागेज एक्सरे मेसिन जडान गरिएको छ ।

TIA

यसैगरी अन्तर्राष्ट्रिय ट्रमिनल भवनमा २० वटा एयर एन्डिसनर राखिएको छ भने एनेक्स डोमेष्टिक ट्रमिनल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । यस्तै, अन्तर्राष्ट्रिय ट्रमिनलको डिपार्चर तथा इमिग्रेसन र सेकुरिटी क्षेत्रमा मार्वल घोँटेर चम्किलो बनाइएको छ । यस्तै फ्रि वाईफाई सुविधा समेत उपलब्ध गराइएको छ ।

अन्तर्राष्ट्रिय ट्रमिनल भवनमा लाइटिङ सिष्टम, रन वे, ट्याक्सी वे, फ्लड लाइट, ल्यान्ड साइट र कार्गो साइडमा स्ट्रिट लाइट अपग्रेडेसनको काम भइरहेको छ । यस्तै भीभीआईपी कक्ष पनि अपग्रेड गरिएको छ । साथै, सौन्दर्यताको काम पनि तिब्र गतिमा भइरहेको छ ।

के-के भइरहेको छ ?

ब्यागेज हृयान्डलिङ सिष्टम रिप्लेस गर्ने काम भइरहेको छ भने ब्यागेज लिफि्टङ सिष्टम इन्स्टलेसन गर्ने, कार्गो एक्सरे मेसिन, थप हृयान्ड ब्यागेज एक्सरे मेसनि राख्ने काम पनि भइरहेको छ ।

इन्टरनेशनल अराइभलमा कार्पेट बिच्छाउने काम भइरहेको भने कुरेर बस्ने ठाउँमा कुर्चीहरु राखिएको छ । कार पार्किङ क्षेत्रमा लाइटिङ सिष्टम इम्प्रुभ भइरहेको छ भने ट्वाइलेट रिनोभेसनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment