Comments Add Comment

सडक दौडमा राजु, तीर्थ र मेलिना पहिलो

१४ असोज, काठमाडौं । बाँसवारी उमाविका राजु मगर, गणेश उमाविका तीर्थ मगर र रिपुमर्दिनी सैनिक माविकी मेलिना केसी सडक दौड प्रतियोगितामा पहिलो भएका छन् ।

छात्रको ५ किलोमिटर दूरी राजुले २५ मिनेट २२ सेकेन्डमा पूरा गरे । नेसनल आइडियल बोर्डिङ हाइ स्कुलका फिन्चोक दोर्जे लामा दोश्रो तथा हिमालय बोर्डिङ हाइ स्कुलका नोर्बु लामा तेश्रो भए ।

छात्र जुनियरको ३.५ किलोमिटर दूरी तीर्थले १२ मिनेट ५१ सेकेन्डमा तय गरे । रिपुमर्दिनीका कुशल थापा दोश्रो र किरण अधिकारी तेश्रो भए । त्यसै स्पर्धाको छात्रामा पहिलो भएकी मेलिनाले निर्धारित दूरी पूरा गर्न १५ मिनेट २७ सेकेन्ड समय खर्चिन् । रिपुमर्दिनीकी चन्दा ठाकुर दोश्रो र सुजा मगर तेश्रो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment