Comments Add Comment

सिक्किमका बाहुन, क्षेत्री र नेवारलाई ‘ओबीसी’को माग

१६ असोज, काठमाडौं । भारतीय राज्य सिक्किमको विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चाले बाहुन, क्षेत्री र नेवारलाई पनि ‘अन्य पिछडिएका जाति’ (ओबीसी)को सूचीमा समावेश गरिनुपर्ने माग अघि सारेको छ ।

Pawan-Chamlingसाथै मोर्चाले लिम्बु र तामाङ जातिका लागि सिक्किम विधानसभामा निश्चित सीट संख्या ताकेर आरक्षण दिनुपर्ने माग गरेको छ ।

सिक्किममा पवन चाम्लिङको पार्टीले २२ वर्ष शासन गर्दा पनि नेपाली जातिले आरक्षण नपाएको भन्दै मोर्चाले नेपालीहरुको आरक्षणको माग अघि सारेको हो ।

नगरपालिकाको चुनावमा क्रममा सिङतानमा पुगेका मोर्चाका अध्यक्ष पीएस गोलेले सिक्किमका छुटेका समुदायहरु क्षेत्री बाहुन र नेवारलाई केन्द्रीय ओबीसी सूचिमा समावेश गरिनुपर्ने बताए ।

साथै सिक्किममा नगर निकायहरुमा भोटिया र लेप्चाले पनि सीट सुरक्षा नपाएको गोलेले बताए ।

भारतीय संविधान र कानूनअनुसार ‘ओदर ब्याकवार्डेस् क्लासेज’ (ओबीसी) अर्थात अन्य पिछडिएका जातिको सूचीमा परेका जातजातिले शिक्षा, स्वास्थ्य, राजनीतिलगायत सरकारी सुविधानमा आरक्षणको सविधा पाउँदै आएका छन् । यसैक्रममा सिक्किमको विपक्षी दलले बाहुन, क्षेत्री र नेवारलाई पनि पिछडिएको जातिको सूचीमा राखिनुपर्ने माग अघि सारेको हो ।

पवन चाम्लिङ भन्छन्- सिक्किममा जातिवादीहरु बोल्न थाले

उता सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले चाँहि समाजमा ज्ञानीहरु चुप लागेर बसे मूर्खहरुले बोल्न थाल्ने बताएका छन् । मूर्खहरुले समाजलाई दिग्भ्रमित पार्ने चाम्लिङले बताएका छन् ।

अहिले सिक्किममा जातिवादीहरुले बोल्न थालेको चाम्लिङले पूर्वकर्मचारीहरुको एक कार्यक्रममा बताए ।

-हिमालय दर्पणको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment