Comments Add Comment

‘दीलवाले र वाजीराव मस्तानी एकै दिन रिलिज हुनु दुर्भाग्य’

priyankaमुम्बई । अभिनेत्री प्रियंका चोपडाले ‘बाजीराव मस्तानी’ र शाहरुख खान अभिनित ‘दिलवाले’ एउटै मितिमा प्रदर्शन हुनुलाई दुर्भाग्य भनेकी छिन् ।

सञ्जयलीला भन्साली निर्देशित ‘बाजीराव मस्तानी’ को प्रसंग प्रेमकथामा आधारित छ । जुन फिल्ममा दीपिका पादुकोण, रणबीर सिंह र प्रियंकाचोपडाले मूख्य भूमिका निर्वाह गरेका छन् ।

रोहित शेट्ठीको निर्देशनमा बनेको ‘दीलवाले’ हाँस्य एक्सनमा आधारित फिल्म हो । यस फिल्ममा शाहरुख खान, काजोल, वरुण धवन र कृति सानोनले मुख्य भूमिका निर्वाह गरेका छन् ।

भारतीय समाचार संस्थाले जनाए अनुसार दीलवाले र बाजीराव मस्तानी १८ डिसेम्बरमा प्रदर्शन हुने भएका छन् ।

प्रियंकाले भनेकि छिन् ‘यी दुबै फिल्मका पृष्ठभुमी फरक छन् । दुबै फिल्म सम्भावना बोकेका फिल्म हुन् । तर, एउटै मितिमा रिलिज हुँदा दुबैको परिणामा खराब हुनसक्छ ।

साथै उनले दीलवाले टिमलाई सफलताको शुभकामना पनि दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment