Comments Add Comment

बोडी चोरेर खााँदा कट्टटु खोलेर फालिदिए : शिवहरी पौडेल

shivahari-paudel

हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’का निर्देशक एवं कलाकार शिबहरि पौडेल हाँस्य क्षेत्रका स्थापित नाम हुन् । स्टेजवाट अभिनय सुरु गरेका पौडेलले टेलिश्रृङ्खला, फिचर फिल्म, विज्ञापन लगायत अरु धेरै विधामा काम गरेका छन् ।

नेपाली चलचित्र एवं सिरियलमा मौलिक नेपाली परम्पराले स्थान पाउनुपर्छ भन्ने मान्यता राख्ने पौडेलसँग अनलाइनखबरको ‘मेरो पहिलो’ स्तम्भका लागि गरिएको कुराकानी :

स्टेज कार्यक्रमः सुनिल पोखरेलको निर्देशनमा ‘सेचुवाको असल मान्छे’मा अभिनय गरेको थिएँ । लगभग २० वर्ष अगाडि भएको उक्त कार्यक्रममा मैले हजामको भुमिका निर्वाह गरेको थिएँ ।

कमाईः लय संग्रौलाको निर्देशनमा निर्माण भएको सिरियल ‘उ अब एक्लो छैन’ मा काम गरेवापत दुईसय रुपैयाँ पाएको थिएँ । कही दिन त खर्च नगरि राखें । अन्तिममा रिमझिम भोजनालयमा त्यही पैसाले भात खाएँ र सकें ।

हवाईजहाज यात्राः ०४२/०४३ सालतिर काठमाडौवाट धनगढी जाने क्रममा । तत्कालिन आरएनएसीको ट्वीनोटर प्लेनमा काठमाडौवाट धनगढी पुग्न मात्रै दुई घण्टा ५ मिनेट लाग्थ्यो । प्लेन उडिसकेपछि यसो तलतिर हेरेको त कहाँ हो कहाँ निकै डर लाग्यो । एकछिन पछि अरु मान्छेको मुखमा हेरें । सबै नडराई बसेका थिए । यी त डराएका छैनन् भने म मात्रै किन डराउने भनेर सोच्थें तर, कताकता डर लागिरहन्थ्यो । सानो प्लेनमा ट्वाईलेट थिएन । पिसाबले निकै च्याप्यो । प्लेन ल्याण्ड भएपछि अरु सबै सामान झिक्न गए म भने पिसाब फेर्न दौडिए ।

अवार्डः नेशनल कल्चरल अवार्ड ।

बद्मासीः हामीले गुच्चा खेल्ने ठाउँ नजिकै बालुवाको थुप्रो थियो । एकदिन त्यही सानो खाल्डो बनाएँ र आची गरें अनि छोपें । हामीहरु ४ जना साथीहरु गुच्चा खेल्ने गथ्र्यौ । गुच्चा खेल्दै गर्दा एकजना साथीको गुच्छा हरायो । गुच्चा हराउने साथी मेरो गुच्चा कता हरायो भन्दै थियो । मैले अर्कोलाई दोष लगाउदै भने ‘तेरा गुच्चा उ त्यहाँ बालुवामा लुकाएर राखेको छ ।’ साथीले गुच्चा खोज्न भन्दै बालुवा पन्छाउने बित्तिकै हातभरि आची लाग्यो । अनी म भागें ।

हेरेको फिल्मः धर्मेन्द्र र हेमा मालिनीको ‘गुञ्ज’

सजायः ९/१० वर्षको हुँदा नै हो हाम्रो घर नजिकै एकजना तामाङ दाईको वारीमा कात्तिके बोडी निकै फलेको थियो । हामी बोडी चोरी चोरी खान्थ्यौं । एकदिन त्यसैगरि बोडी चोरेर खाँदै थियौं । तामाङ दाईले कराए । हामी भाग्यौ । भागेर टाढै पुगेपछि यसो हेरेको त दाई देखिएनन् । फर्किएर बिस्तारै आउदै थिए । उनी त कान्लामुनी लुकेर बसेका रहेछन् । मलाई च्याप्प समाते । कट्टु खोलेर फाल्दिए, अनी कारवाही गरे ।

पहिलो प्रेमः प्रेम त आफ्नै श्रीमतीलाई गरें ।

पहिलो प्रेमपत्रः चिठ्ठी लेखेको १० दिनसम्म आफ्नै गोजीमा राखें । हरेक दिन चिठ्ठी दिन भनेर कोठामा जान्थें तर आँट आउदैन थियो । एकदिन दुई माना जती पसिना निकालेर कोठामा चिठ्ठी छाडेर आएँ ।

डेटिङः डेटिङ त गईएन, अहिले जस्तो चलन थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment