Comments Add Comment

फिफा अध्यक्ष ब्लाटर ९० दिनका लागि निलम्बित

Sepp-Blatter

२१ असोज, काठमाडौं । विश्व फुटबलको नियमक निकाय फिफाको अध्यक्ष सेप ब्लाटर अस्थायी रुपमा ९० दिनका लागि निलम्बनमा परेका छन् ।

स्विट्जरल्याण्डका जाँचकर्ताहरुले ७९ वर्षीय ब्लाटरविरुद्ध आपराधिक जाँच सुरु गरेका थिए । लगतै फिफाको अनुशासन समितिले ब्लाटरलाई ९० दिनका लागि निलम्बन गरेको बीबीसीले जनाएको छ ।

यद्यपि औपचारिक निर्णय शुक्रबार मात्र हुने बताइएको छ । ब्लाटरका सल्लाहकार क्लास स्टाकरका अनुसार निलम्बनबारे जानकारी गराउँदा उनी शान्त थिए ।

युरोपियन फुटबल (यूएईएफ)का अध्यक्ष मिचेल प्लाटिनीले ब्लाटरमाथि फिफको हितलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

स्विट्जरल्याण्डका ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्ष छन् । र, उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment