Comments Add Comment

शुक्लाफाँटा आरक्षमा पर्यटकलाई दुई ठाउँबाट प्रवेश अनुमति

suklaphata-4

२१ असोज, कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई ठाउँबाट पर्यटकलाई प्रवेश अनुमति उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आरक्षको मझगाउँ कार्यालयबाट मात्रै प्रवेश अनुमति दिइँदै आएकामा पिपरैया क्षेत्रबाट समेत पर्यटकलाई प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ ।

‘पर्यटकलाई आरक्ष घुम्न सुविधा पुर्‍याउने उद्देश्यले दुई ठाउँमा प्रवेश अनुमतिका लागि व्यवस्था मिलाएका हौं’- आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले भने ।

महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुल हेर्न आएका पर्यटकलाई आरक्षमा छिर्न यस कार्यले सहज हुने उनले बताए ।

आरक्ष प्रवेशका लागि कार्यालयले नेपाली नागरिकबाट ५० रूपैयाँ, सार्क राष्ट्रका नागरिकलाई ५ सय रूपैयाँ र तेस्रो मुलुकका पर्यटकका लागि एक हजार रूपैयाँ शुल्क निर्धारण गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment