Comments Add Comment

‘आन्टी भएर हराउन्न, नायिका नै भएर रहन्छु’ : रेखा थापा

rekha-thapa
नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो । चलचित्र ‘हिम्मतवाली र तथास्तु’मा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए ।

अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र ‘हिरो’मा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ । यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् ।

चलचित्र ‘रामप्यारी’को छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको छ । उनले भनिन्-‘नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न ।’
rekha-and-sabin
उनले आफूले लापरवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् । आफ्नो शरीर यो बर्षको फागू पूणिर्मा सम्ममा पुरै फेरिने रेखाको दाबी छ । पछिल्ला चलचित्रमा लामो पहिरनमा देखिएकी रेखा ‘रामप्यारी’मा फेरि छोटो पहिरनमा देखिनेछिन् । रेखाको दुब्लो अवतारलाई दर्शकले कसरी लिने हुन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment