Comments Add Comment

पुँजी वृद्धि गर्दै कीर्तिपुण्य सहकारी

२३ असोज, काठमाडौँ । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्थाले आव २०७१÷७२ मा ४३ हजार रुपैयाँ करपछिको खूद बचत (नाफा) आर्जन गरेको छ ।

उक्त सहकारीको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष किरणराम रञ्जितकारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आव २०७१÷७२ मा कुल निक्षेप रु ९६ लाख ६९ हजार पु¥याएको र रु एक करोड ७ लाख ८१ हजार ऋण प्रवाह गरेको जानकारी दिए ।

गत आवको अन्त्यसम्ममा संस्थाको कुल सम्पत्ति तथा दायित्व रु एक करोड १८ लाख ९० हजार पुगेको छ । संस्थाको कुनै पनि भाखा नाघेको ऋण रहेको छैन ।

हाल संस्थाको कुल सदस्य सङ्ख्या ८१ रहेको छ । संस्थाले चालु आवमा पनि पुँजी वृद्धि गर्दै जाने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment