Comments Add Comment

सारीमै सेक्सी रश्मी, स्कर्ट लगाएपनि छैन चासो

rasmi-tamang

पछिल्लो समय म्युजिक भिडियोकी ब्यस्त कलाकार हुन् रश्मी तामाङ । ३५० बढी भिडियोमा अभिनय गरेकी रश्मी तत्काल चलचित्रमा काम गर्ने सोचमा छैनन् ।

एउटा तामाङ भाषाको चलचित्रमा काम गरेपनि अन्य चलचित्रमा ध्यान नदिएको उनको भनाई छ । उनी निकै फेशनेवल छिन् । मन परेको ड्रेसअप किनिहाल्ने बानी छ उनको । अनलाइनखबरको ‘कलाकारको फेशन’ स्तम्भ अन्र्तगत उनैसँग गरिएको कुराकानी:

तपाईं कत्तिको फेसनेबल हुनुहन्छ ?
म एकदमै फेसनेवल छु । मेरो सबै भन्दा धेरै खर्च  हुने नै लुगामा हो ।

मन पर्ने पहिरन के-के हुन् ?
मलाई सारी र कुर्ता सुरुवाल निकै मन पर्छ  ।

मन नपर्ने पनि छ ?
मनै नपर्ने त त्यस्तो केही छैन ।

लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ? कत्तिको ब्रान्डमा ध्यान दिनुहुन्छ ?
म ब्राण्ड भन्दा पनि आफुलाई कस्तो सुहाउँछ त्यसमा ध्यान दिन्छु । म प्रायः बुटिकका लुगा लगाउँछु ।

बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
प्रायः म इन्टरनेटमा सर्च गरेर खोज्छु । बुटिकमा प्रायः आफ्नो लागि आफैले डिजाईन गर्न पाईने भएकाले आफुलाई कस्तो सुहाउँछ त्यस्तै खालको डिजाईन पनि गर्छु ।

विदेशी सेलिब्रिटिको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ? क-कसको गर्नु भएको छ ?
सुटिङमा त नक्कल गरियो होला । तर, अरु बेलामा कसैको पनि नक्कल गरेको छैन ।
Rashni tamang_Fashion_1तपाईंलाई कस्तो रंगको लुगा सुहाउँछ ?
सबैले ब्लु सुहाउछ भन्छन् ।

सारी मन पर्छ भन्नु भो कती मिनेट लाग्छ लगाउन ?
अहिले सारी लगाउन पहिला जस्तो मेहनत गर्नु पर्दैन । मेरो प्रायः सबै सारी रेडिमेड छ । रेडिमेड सारी त तुरुन्तै लगाउन सकिन्छ ।

मिनिस्कर्ट लगाउनु भएको छ ?
स्कटै त लगाएकी छु । तर त्यती ध्यान दिन्न ।

लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
म बार्गेनिङ गर्न सक्दिन ।

बजारमा लुगा छनोट गर्न कती समय लाग्छ ?
कपडा हेरेर हुन्छ । त्यस्तो धेरै समय लाग्दैन ।

लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
मेरो सपिङ प्रायः एक्लै हुन्छ । कुनै समय बहिनीलाई लिएर जान्छु ।

आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
बहिनी र ममीका लागि किनिदिन्छु ।

तपाईको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
सबैभन्दा सेक्सी डे्रस सारी नै हो । महिलाको लागि सारी भन्दा सेक्सी लुगा अरु छैन ।

लुगामा आइरन आफै गर्नुहुन्छ कि अरुले गर्छन् ?
म आफै गर्छु । मलाई मज्जाले आइरन गर्न आउछ ।

सपिङ कहाँ गर्नु हुन्छ ?
प्राय सिटी सेन्टर र दरवार मार्गमा गर्छु । दरवार मार्गमा रेगुलर जाने भएकाले डिस्काउन्ट पनि दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment