Comments Add Comment

यी छायांकार, जसले उपेन्द्र यादवलाई सोधे: जनतालाई किन दु:ख दिएको ?

rajendra-sapkotaमधेस आन्दोलन १०० दिन पुगेको भन्दै आज काठमाण्डौमा आयोजित कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लखेटेको भन्दै एक यूवकको खुबै चर्चित छन् । मधेसी मोर्चाले आयोजना गरेको मौन धारण तथा श्रद्धाञ्जली सभामा पुगेका यादवलाई एक युवकले लखेटेको भन्दै मिडियामा ती यूवक छाइरहेका छन् ।

तर, ती यूवकको बारेमा विभिन्न खालको कुरा भैरहदा उनी चलचित्र क्षेत्रसँग आवद्ध भएको वुझिएको छ । उनी सहायक छायांकार भएर थुप्रै चलचित्रमा काम गरिसकेका छन् । उनको नाम राजेन्द्र सापकोटा हो । सापकोटा अहिले ओस्कार कलेजमा छायांकन सम्बन्धी बिषयमा अध्ययन गरिरहेका छन् । उनले अन्तराल, नेपथ्य, पुन्टे परेड लगायतका चलचित्रमा सहायक छायांकारको रुपमा काम गरेका थिए । उनले हालै मात्र जंगे नामक चलचित्र पनि छायांकन गरेका छन् ।

उनले यादवसँग मधेस आन्दोलनका कारण आफू जस्ता जनताले दुख पाएको भन्दै प्रश्न गरेका थिए । उनी यादवको नजिक पुगेर उनीमाथि जाइलाग्न खोजेको र प्रहरीले समातेको खबर सार्वजनिक भएको छ ।

चलचित्रकर्मीले यतिबेला राष्ट्रिय जागरण अभियान सुरु गरेका छन् । भोली काठमाण्डौको रत्नपार्कमा उनीहरुले कार्यक्रम गर्ने तयारी पनि गरेका छन् । यही समयमा छायांकारको रुपमा अगाडि बढ्दै गरेका राजेन्द्र अहिले सामाजिक संजालमा पनि चर्चामा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment