Comments Add Comment

‘खुकुरी’पछि ‘खुर्पा’, त्यसपछि खुुँडा’ बनाउने तयारी

khurbpaकरिब एक दशकअघि निर्देशक किशोर सुब्बाले खुकुरीको कथामा चलचित्र बनाएका थिए । चलचित्रको नाम ‘खुकुरी’ नै राखिएको थियो । अहिले यिनै निर्देशक अर्थात् किशोर सुब्बाले चलचित्र ‘खुर्पा’ बनाएका छन् । यो चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । ‘खुर्पा’ फागुन १४ गतेबाट एकसाथ देशभर प्रदर्शनमा आउँदैछ ।

निर्देशक सुब्बाका अनुसार ‘खुर्पा’ नारी प्रधान एक्सन चलचित्र हो । हुन त ‘खुकुरी’ पनि एक्शनप्रधान नै थियो । तर, ‘खुकुरी’ पुरुषप्रधान थियो भने ‘खुर्पा’ नारी पात्र केन्ऽित छ । उनले आˆनो आगामी चलचित्रमा पनि एक्शन नै हुने बताए । ‘खुर्पा’पछि उनको ‘खुँडा’ नामक चलचित्र निर्माण हुने भएको छ ।

यो चलचित्रमा हस्त लिबाङ मुख्य, विराज आङ्देम्बे, विशाल थेबे र पदम चेम्जोङको लगानी छ । करिब ५० लाख रुपैयाँ लगानीमा ‘खुर्पा’ तयार भएको किशोरले बताए । चलचित्र ‘खुर्पा’ मा पुष्पा लिम्बूको भरपूर्ण एक्शन देख्न सकिने किशोरले बताए ।

पुष्पाको साथमा सविन श्रेष्ठ पनि चलचित्रमा देखिनेछन् । चलचित्रमा रोशन श्रेष्ठ, सुष्मा अधिकारी, सिमान्त उदास, युवराज लामा, हस्त लिबाङ र पुष्प श्रेष्ठको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment