Comments Add Comment

विद्या शाहरुखकी, रणबीर गोबिन्दाको फ्यान

vidya-srk

मुम्बई । बलिउडमा चर्चामा रहेका प्राय कलाकारका लाखौं प्रसंसक छन् । लाखौं प्रसंसक बनाउन सफल तिनै कलाकार पनि अरु कलाकारका प्रसंसक हुन्छन् भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म मान्न पर्दैन बलिउडका केही कलाकार अहिले पनि पुराना कलाकारका फ्यान छन् ।

बलिउडमा यस्ता धेरै कलाकार छन्, जो हाकाहाकी म फलानोको फ्यान हुँ भन्न हिच्किचाउँदैनन् । रणबीर सिंहलाई गोबिन्दा प्रतिभाशाली कलाकार लाग्छ भने अमिताभ बच्चन अहिले पनि वहीदा रहमानको सौन्दर्यको कुरा गर्छन् । हेरौं बलिउडमा कुन कलाकार कसको फ्यान रहेछन्:

शाहरुखकी फ्यान विद्या

शाहरुख खानका असली प्रसंसक हुन् विद्या वालान । सानो छँदा शाहरुखलाई प्रेम गर्थिन विद्या । तर, उनले आजसम्म शाहरुखको नायिका बन्ने अवसर पाएकी छैनन् । विद्यालाई लाग्छ ‘शाहरुख जस्तो रोमान्टिक हिरो बलिउडमा अरु कोही छैन ।’

हेमा मालिनी मनपर्छ दीपिकालाई

आफु फिल्ममा आउनु अघी नै हेमा मालिनीको सौन्दर्यवाट प्रभावित थिईन् दीपिका पादुकोण । दीपिकालाई अहिले पनि लाग्छ हेमा जत्तिकी सुन्दर महिला बलिउड फिल्म उद्योगमा अरु छैन त्यसकारण उनले डि्रम गल्सको उपाधी पाएकी हुन् भन्ने लाग्छ उनलाई । यी दुबै नायिकावाट प्रभावित भएर बलिउडमा आउने निर्णय गरेको उनको भनाई छ ।
govinda ranabir
गोबिन्दाको फ्यान रणबीर

गोबिन्दाको असली फ्यान हुन् रणबीर सिहं । उनलाई अहिले पनि भर्सटाइल अभिनेता गोबिन्दा नै हो भन्ने लाग्छ । रणबीरको भनाई अनुसार उनकी आमाले हरेक वर्षको बर्थ डे पार्टीमा गोबिन्दाको गीतमा डान्स गराउथिन् ।

गोबिन्दाकै फिल्म हेरेर आफू ठूलो भएको धारणा राख्ने रणबीर किल दिलमा गोबिन्दासंगै काम गर्ने अवसर पाउदा खुसीको सिमा नरहेको धारणा राख्छन् ।

वहीदाको फ्यान अमिताभ

फिल्म उद्योगमा आउनु अघि नै अभिताभ बच्चन दीलिप कुमारको फ्यान थिए । उनलाई नायिका वहीदा रहमानको सौन्दर्य निकै मन पथ्र्यो ।

वहीदाको अभिनय, स्टाईल र स्क्रिनवाट प्रभावित थिए अमिताभ । केही फिल्ममा संगै काम गरेका अमिताभलाई वहीदा उम्दा अभिनेत्री लाग्थ्यो ।

salman and sonam

सलमान मन पर्छ सोनमलाई

‘प्रेम रतन धन पायो’मा सलमान खानसँग काम गरेपछि सोनम कपुरले पहिलो पटक आफुलाई मन पर्ने नायकसँग मन फुकाएर अभिनय गर्ने अवसर पाईन् ।

सानोमा सलमानको फिल्म हेेरेरै प्रेम गरेकी थिईन् रे सोनमले । सलमानको हरेक स्टाईल राम्रो लाग्ने बताउने सोनम बाबा अनिलकपुरसंगै सलमानको सुटिङ स्पटमा पुग्थिन् ।

मीना कुमारीवाट प्रभावित करिना

करिना कपुरलाई लाग्छ बलिउडमा दुई बेजोड अभिनेत्री छन् ति हुन् नरगीस र मीना कुमारी । यी नायिकावाट प्रेरणा पाएको उनको भनाई छ । मीना कुमारीको सौन्दर्यवाट प्रभावित करिना एक्लै हुँदा यी नायिकाको नक्कल गर्ने कोशिस समेत गर्छिन ।

कट्रिना माधुरीको फ्यान

लण्डनमै हुँदा माधुरीको फ्यान थिईन् कटि्रना कैफ । चलचित्र ‘हम आपके है कौन’ हेरेपछि आफु माधुरीको फ्यान भएको उनको भनाई छ ।

एक था टाईगरको प्रमोशनको क्रममा ‘झलक दीखला जा’ को सेटमा पहिलो पटक माधुरीलाई भेटेकी कटि्रनाले अनुभव गरिन् । ‘माधुरी हेर्दामा मात्रै राम्री हैन । असल मान्छे पनि हुन् ।’

जीनतका फ्यान अभिषेक

अभिषेक बच्चनलाई जीनत अमानको रुप निकै राम्रो लाग्छ । जीनतलाई एकपटक हेर्नकै लागि उनी बाबा अमिताभको साथमा सुटिङमा पुग्थे ।

सानो छँदाको कुरा सम्झदै उनी भन्छन् ‘जीनत अन्टीले मायाले मेरो गाला टोकेको कहिल्यै बिर्सन सक्दिन ।’

डिम्पलको फ्यान ज्याकी

डिम्पल कपाडीयाको अन्धोभक्त फ्यान थिए ज्याकी श्राफ । यतिसम्म कि उनको एक झल्को पाउनकै लागि फिल्मीस्तान स्टुडियोदेखि उनको घरसम्म बाईकमा पिछा गर्थे ज्याकी । उनलाई लाग्छ उनी हेर्दा जति सुन्दर छिन् त्यो भन्दा धेरै सुन्दर छ उनको मन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment